Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौंमा ११ वर्षीया बालिका बलात्कृत, बुबाका ‘साथी’ पक्राउ

Image result for rape

काठमाडौं, असोज १२ गते। बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई प्रहरीले राजधानीको पेप्सीकोलाबाट पक्राउ गरेको छ ।

काठमाडौ महानगरपालिका-३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय अर्यालले सिन्धुपाल्चोक स्याउले-८ घर भई बुढानिलकण्ठ नगरपालिका-५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको बताइएको छ ।

बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागेको थियो ।

मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटकपटक करणी गरेको बताएकी छन् । फरार अर्याललाई भने प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको छ ।-अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget