Websoft University

www.radiomakalu.com || 021-522512


जनकपुरमा चार बर्षीय बालकको हत्या



जनकपुर,भदौ २० गते । जनकपुरमा चार बर्षीय एक बालकको हत्या भएको छ ।

जनकपुर उपमहानगरपालिका २६ चोअर्वा निवासी प्रकाश यादवका ४ बर्षीय छोरा दिपक यादवको अपहरण गरी हत्या गरिएको अनुमान गरिएको छ ।

आइतबार दिउँसो १२ बजेदेखि दिपक बेपत्ता थिए । दिपक परिवाजनको सम्पर्कमा नआएपछि खोज तलास गदैं जाँदा उनको शव फेला परेको हो ।

गाउँमा चौठचन्द्र मनाइरहेका समयमा राति बालकको शव फेला परेको परिवारजनले जनाएको छ । बालकको हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ । बालकको शव पोस्टमार्टमा लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।

बालक हत्या सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी मनोज यादवले जानकारी दिए । बालकको नाक र मुखबाट रगत आएको देखिएकाले पोस्टमार्टको रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए ।-राजकमल सिंह,अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget