Websoft University

www.radiomakalu.com || 021-522512


‘दशैंका लागि हवाइजहाजको टिकट सकियो’

चाडपर्व र पर्यटनको सिजनका कारण विमान अभावTIA Domestic Airlines
दशैंका लागि आफ्नो सीट सुरक्षित गर्न यात्रुहरुले अग्रिम बुकिङ गरेपछि हवाइ टिकट सकिएको छ । अब कसैले बुकिङ क्यान्सिल गरेमात्रै टिकट पाइने वायु सेवा प्रदायक कम्पनीहरुले जनाएका छन् ।

सुगम ठाउँका लागि आगामी सातादेखि दशैंको टीकाको अघिल्लो दिनसम्मका लागि काठमाडौं बाहिर जाने टिकट अगि्रम बुकिङबाटै प्याक भइसकेको नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माले अनलाइनखबरलाई जानकारी दिए । ‘सुगम ठाउँका लागि अब टिकट पाउन कसैले बुक गरेको टिकट क्यान्सिल गरे भने मात्रै सम्भव छ,’ घिमिरेले भने, ‘दुर्गमका लागि भने आगामी सातादेखि मात्रै टिकट खुल्ला हुनेछ ।’

सरकारी जहाजको मात्रै हैन, निजी जहाजको टिकट पनि उस्तै प्याक भएको छ । सुगममा सबैभन्दा धेरै उडान भर्दै आएको बुद्ध एयरको जहाजका पनि टिकटहरु बुक भइसकेका छन् । ‘कसैले बुकिङ गरेको टिकट क्यान्सिल गरे भने मात्रै टिकट दिन सक्छौं,’ बुद्ध एयरका बजार प्रबन्धक रुपेश जोशीले भने ।

बुद्धले मुलुकका मुख्य शहरहरु पोखरा, बिराटनगर, भैरवहा, नेपालगञ्ज, भद्रपुर, जनकपुर, सिमरा, भरतपुर, धनगढी र तुम्लिङटारमा उडान भर्दै दैनिक २२ वटाभन्दा बढी उडान भर्दै आएको छ ।

त्यसैगरी, दशैंको टीकाभन्दा अघि काठमाडौंबाट बाहिर जाने टिकट प्याक भइसकेको यति एयरलाइन्सका रेजुलेसन इञ्चार्ज राजश्री जोशीले जानकारी दिइन् ।

‘अब दशैंको टीकाअघि टिकट उपलब्ध गराउन सक्दैनौं, बुकिङबाट नै प्याक भइसकेका छन्,’ जोशीले भनिन् । पोखरा, बिराटनगर भद्रपुर, भरतपुर, भैरहवा, नेपागञ्ज, जनकपुर, तुम्लिंगटारमा उडान भर्दै आएको छ ।

सिम्रिक एयरका प्रमुख प्रज्वल थापाले पनि दशैंका लागि ९५ प्रतिशभन्दा बढी टिकट बुकिङ भइसकेको जानाकारी दिए । ‘टुरिस्टको सिजन र चाडपर्वको एकैचोटि परेकाले पनि टिकट प्याक भएको हो,’ थापाले भने ।



सिम्रिकले पोखरा, भैरवहा, सिमरा, लुक्ला, पोखरा-जोमसोम, माउन्टेन फ्लाइट उडान भर्दै आएको छ भने दशैंका बेला खानीडाँडा र फाप्लुमा पनि उडान भरिने उनले जानकारी दिए ।-पुष्प दुलाल,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget