Websoft University

www.radiomakalu.com || 021-522512


राती राम्रोसँग निन्द्रा लाग्दैन, कतै स्मार्टफोनको लत त लागेन ?


woman-eating-fruits-dessert-with-iphone-hands_009acd5e-8571-11e6-aa25-6de36c266871
लगभग आधाभन्दा बढि वयस्कले सोसल मिडियामा अपडेट हुन वा व्यक्तिगत इमेल चेक गर्न मध्यरातमा स्मार्टफोनको प्रयोग गर्दछन् जसले उनीहरुको मिठो निन्द्रा खोसिरहेको बेलायतको एक अध्ययनले बताएको छ ।

यूके मोबाइल कन्जुमर सर्भे सन् २०१६का अनुसार बेलायती नागरिकहले एक दिनमा लाखौं पटक आफ्नो स्मार्टफोन हेर्ने गर्दछन् ।

राती स्मार्टफोन प्रयोग गर्नेमा वयस्कहरु बढि छन्, उक्त अध्ययनले बताएको छ । १८ देखि २४ वर्ष उमेर समूहका आधाभन्दा बढि उमेर समूहले मध्यरातमा आफ्नो स्मार्टफोन हेर्ने गर्दछन् । पाँचजना मध्ये एकजना वयस्कले आफ्नो मेसेज र सोसल मिडियाको नोटिफिकेसन मध्यरातमा चेक गर्ने गर्दछन् । सातजनामध्ये एकले मेसेजको उत्तर मध्यरातमा नै दिने गरेको अनुन्धानले बताएको छ ।

‘स्मार्टफोन व्यक्तिगत हुन्छ तर यसको प्रयोगले उनीहरुको वरिपरिको वातावरणलाई असर पुर्याइरहेको हुन्छ । प्रविधिको विकाससँगै उपभोक्ताहरुले स्मार्टफोनसँगै आफ्नो जीवन कसरी व्यतीत गर्ने भन्ने कुरा सिक्नुपर्छ । प्रविधिले जीवनलाई प्रभावित पार्न दिनुहुन्न,’ अनुसन्धानकर्ताले बताए ।

१० मध्ये १ जनाले उठ्ने बित्तिकै आफ्नो स्मार्टफोन खोज्दछ । तीनजना मध्ये एकजनाले उठेको पाँच मिनेटमा आफ्नो फोन खोज्छ, मल्टिनेशनल प्रोफेसनल सर्भिस फर्म डेलोइटले बतायो ।-  हिन्दुस्तान टाइम्स

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget