Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहबारे तीन दलमा सहमति जुटेन, आयोग प्रक्रिया अघि बढाउने तयारीमा

7_Pradesh_Map_Final

काठमाडौं,भदौ १६ गते । स्थानीय तह पुनर्संरचनाबारे प्रमुख दलहरुबीच सहमति जुटाउने प्रयास असफल भएको छ । अब आयोगले आफ्नो प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

बुधबार राति अबेरसम्म बसेको प्रमुख तीन दलको बैठकमा स्थानीय तह पुनर्संरचनाबारे छलफल भएको थियो ।

तर, कुनै ठोस सहमति नभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले अनलाइनखबरलाई बताए । उनले भने, ‘कुनै सहमति भएको छैन । हामीले भदौ महिनाभित्र टुंग्याउँ भनेका छौं ।’

उनका अनुसार दलहरुबीच सम्वाद जारी रहनेछ । विदेश भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि निर्णायक छलफल हुनेछ ।

तीन दलको बैठकअघि प्रधानमन्त्री प्रचण्डले स्थानीय निकाय पुनर्संरचनासम्वन्धी आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेका थिए ।

दुई साताभित्र सीमांकन गर्ने तयारी

प्रमुख दलहरुको आग्रहमा स्थानीय तह पुनर्संरचनाको काम रोकेको आयोगले अब प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

आयोगले बढीमा दुई साता अर्थात भदौ मसान्तभित्र स्थानीय तहको संख्या र सीमांकन गरी केन्द्रमा पठाउन जिल्लास्तरीय प्राविधिक सहयोग समितिलाई निर्देशन दिने तयारी गरेको छ । आयोगका एक सदस्यले भने, ‘अब हामी आफ्नो काम अघि बढाउँछौं । नभए असोजमा प्रतिवेदन बुझाउन गाह्रो हुन्छ ।’

आयोगले प्रत्येक जिल्लालाई अधिकतम स्थानीय तहको सीमा तोकेर सीमांकन गर्न जिल्लास्तरीय प्राविधिक समितिलाई भनेको छ । र, यस्तो समितिको संयोजक स्थानीय विकास अधिकारीलाई तोकिएको छ ।

आयोगका अनुसार अहिलेसम्म सात वटा जिल्लाबाट मात्र स्थानीय तहको सीमांकन केन्द्रमा आएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget