Websoft University

www.radiomakalu.com || 021-522512


रोनाल्डोले भने– च्याम्पियन्स ट्रफी फेरि जित्छौं



रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न आफ्नो टिम मात्र सक्षम रहेको विश्वास व्यक्त गरेका छन्। युरोपेली फुटबल महासंघ (युइएफए) ले सन् १९९२–९३ मा नयाँ योजनाअघि सारेपछि कुनै पनि युरोपेली देशले च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न सकेका छैनन्।

पछिल्लोपटक सन् १९९० मा इटालीको एसी मिलानले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको थियो। च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा सफल क्लब पनि रियल म्याड्रिड हो। पछिल्लो ३ मध्ये रियल म्याड्रिडले २ वटा उपाधिमा कब्जा जमाएको छ। म्याड्रिडले हालसम्म ११ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको छ।

रोनाल्डोलले यो सिजनको पहिलो खेल बुधबार आफ्नो पुरानो क्लब पोर्चुगलको स्पोर्टिङ लिस्बनविरूद्ध खेल्दैछन्। उनले प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा क्लबले अर्को उपलब्धी चुम्ने आशा व्यक्त गरे। ‘यो अवसर हो। ठूलो अवसर पनि। मेरो विचारमा रियल म्याड्रिडले उपाधि रक्षा गर्ने मौका छ,’ उनले युइएफएको वेभसाइटलाई प्रतिक्रिया दिए–‘हामीलाई थाहा छ, यो निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हो। कुनै पनि उपलब्धी हात पार्नु सजिलो हुँदैन। त्यसैले हामी प्रयास गर्नेछौं।’

च्याम्पियन्स लिगमा रियल म्याड्रिड समूह एफमा परेको छ। यो समूहमा म्याड्रिडले स्पोर्टिङ लिस्बनसँगै बोरुसिया डोर्टमुन्ड र लेगिया वार्सविरूद्ध खेल्दै छ।

डेढ महिनाअघि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले पहिलो पल्ट सन् २०१६ को युरोकप जितेको थियो। उनी म्याड्रिडमा तेस्रो च्याम्पियन्स लिग विजयको अभियानमा छन्। ‘उपाधिको हिसाबले यो वर्ष मेरो खेल जीवनकै उत्कृष्ट वर्ष हो,’ रोनाल्डोले भने– ‘यसै वर्ष मैले क्लबका लागि च्याम्पियन्स लिग जिते। देशका लागि युरो ट्रफी।’ यो सिजन म्याड्रिडले च्याम्पियन्स ट्रफीको उपाधि जित्दा रोनाल्डो उच्च गोलकर्ता थिए।

युरोकपको फाइनलमा घुँडाको चोटका कारण २ महिना विश्राम गरेका रोनाल्डो यसै साता क्लब फुटबलमा फर्किएका हुन्। गत शनिबार ओसासुनाविरूद्ध ला लिगाको पहिलो खेल खेल्ने क्रममा रोनाल्डोले ६ मिनेटमा गोल गरेका थिए। यही गोलको सहयोगले म्याड्रिडले ५–२ गोलअन्तरले ओसासुनालाई पराजित गरेको थियो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget