Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौं म्याराथनमा भूमि र कान्छिको उत्कृष्ट प्रदर्शन



नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कान्छीमाया कोजुले १० औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर) मा पहिलो भए । भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दूरी २ घण्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे । यसअघि नेपालमा भएको कुनैपनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका छैनन् ।

पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले भारतमा भएको तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए । यो कीर्तिमान सागमा पनि अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ ।

भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं रोड रनर्स क्लब अल्मुनाईका सल्लाहकार एवं स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनस स्वरुप छुट्टै १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

नेपाल आर्मीका कृष्ण बस्नेत (२ घण्टा २१ मिनेट ४६ सेकेन्ड) दोश्रो तथा राजन खत्री (२ घण्टा २९ मिनेट २२ सेकेन्ड) ले तेश्रो स्थानमा दौड टुंगाए ।

कान्छीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । कान्छीले लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरुपा खड्काले सिकागो म्याराथन- २०१३ मा बनाएको २ घण्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

स्वरुपाले २०१४ मा भएको इन्चोन एसियाड र २०१६ मा भारतमा भएको १२ औं सागमा पनि नेपालबाट प्रतिनिधित्व गरेसकेकी छन् । राष्ट्रिय कीर्तिमान वापत कान्छीलाई रोड रनर्स अल्मुनाईले छुट्टै ५० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रो स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा आर्मीका सरिता वासी (३ घण्टा १९ मिनेट ५२ सेकेन्ड) दोश्रो तथा लालकुमारी घर्ती (३ घण्टा ४४ मिनेट १४ सेकेन्ड) तेश्रो स्थानमा रहिन्। म्याराथन विजेताले ५० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार पाउने छन् ।

हाफ म्याराथन (२१.०९७५ किलोमिटर) मा आर्मीको वर्चस्व रह्यो । पुरुष/महिला दुवैमा आर्मीका खेलाडीले शीर्ष तीन स्थानमाथि कब्जा जमाए ।

पुरुषमा हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी १ घण्टा ०८ मिनेट ४७ सेकेन्डमा सिध्याए । ज्ञानप्रसाद भट्टराई दोश्रो तथा लालबहादुर थापा तेश्रो बने ।

त्यस्तै महिलामा १ घण्टा २७ मिनेट १९ सेकेन्ड समय खर्चदै दौड पूरा गरेकी सानुमाया कार्की पहिलो भइन् । पुष्पा भण्डारी दोश्रो तथा विन्द्रा देशार श्रेष्ठ तेश्रो भइन । हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १३ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष ५ किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो भए । उनले १९ मिनेट ०३.२७ सेकेन्ड समय खर्चे । टीकाराम कट्वाल दोश्रो तथा छत्र दाहाल तेश्रो भए । खेलाडीत्रय आर्मीका हुन् ।

सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २२ मिनेट ३५.२४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । एपीएफकी फुलमति राना दोश्रो तथा काठमाडौंकी सन्तोषी श्रेष्ठ तेश्रो बनिन् । पहिलो हुनेले १० हजार, दोश्रोले ६ हजार र तेश्रोले ४ हजार नगद पुरस्कार हात पार्ने छन् ।

स्कुलतर्फ ५ किलोमिटर छात्र दौडमा अजितकुमार यादवले स्वर्ण जिते । उनले २१ मिनेट १९ सेकेन्ड समय लगाए । राजेन्द्र तामाङ दोश्रो तथा जगत नेपाली तेश्रो भए ।

त्यसै स्पर्धाको छात्रामा हुमी बुढा मगरले दूरी २४ मिनेट ५९.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । संगीता खड्का दोश्रो तथा सर्मिला क्षेत्री तेश्रो भइन् । पहिलोले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार नगद पुरस्कार जिते ।

म्याराथनमा ३१ पुरुष र ७ महिला तथा हाफ म्याराथनमा ६६ पुरुष र १७ महिला खेलाडी सहभागी थिए । ५ किलोमिटरको खुलामा १ हजार २ सय ८५ तथा स्कुलमा १ हजार ४ सय २८ खेलाडीले भाग लिएको आयोजकले जनाएको छ । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः रंगशालामै आएर सकिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget