
काठमाडौं,असोज ५ गते । नेपाल बैंकमा ४७ जना कनिष्ठ सहायक पदका लागि जागिर खुलेको छ । उक्त जागिरका लागि प्लस टु पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
जागिर खान इच्छुकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुने भएकाले सरकारी बैंक भएपनि सोर्स-फोर्सले काम नगर्ने बैंकका अधिकारीहरुले बताएका छन् ।
बैंकले बुधबार सार्वजानिक सूचना जारी गर्दै खुल्लातर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा १-१ जनाका लागि आवेदन मागेको छ ।

Post a Comment