Websoft University

www.radiomakalu.com || 021-522512


बाढीले ठाउँ ठाउँमा कटान, प्रहरी चौकी जोखिममा

बाढीले ठाउँ ठाउँमा कटान, प्रहरी चौकी जोखिममा
बाढीले कटान सुरु गर्न थालेपछि जोखिममा परेको प्रहरी चौकी विराटचौकको भवन 



विराटनगर , असोज ५ गते । मोरङको लोहन्द्रा र सुकुना खोलामा आएको बाढीले ठाउँठाउँमा कटान सुरु गरेको छ ।

यी दुबै खोलामा आएको बाढी यो वर्षकै ठूलो भएको प्रहरीले जनाएको छ । भीषण वर्षासंगै मंगलबाररातिबाट लोहन्द्रा र सुकुना खोलामा आउन सुरु भएको बाढीले कटान सुरु गरेपछि दर्जनौ घर जोखिममा परेका छन् । बाढीले बेलबारी र कोसीहरैंचा नगरपालिकाका विभिन्न स्थानमा कटान सुरु गरेसंगै त्रास उत्पन्न भएको प्रहरीले जनाएको छ । खेती योग्य जमिन कटान गरेको छ भने घडेरीका लागि भनेर प्लटिङ गरिएका जमिन समेत डुबानमा परेका छन् ।

पहाडी क्षेत्रमै निरन्तर रुपमा उच्च वर्षा भएसंगै खोलामा पानीको बहाव उच्च भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार बाढीले ठूलाठूला रुखहरु बगाएर ल्याएका छन् । सुकुना खोलामा आएको बाढीले कटान सुरु गरेपछि प्रहरी चौकी विराटचौकको भवन जोखिममा परेको छ । प्रहरी चौकी नजिकैबाट बग्ने खोलो अस्थायी बाँध कटान गर्दै चौकीतर्फ बढेपछि भवन जोखिममा परेको प्रहरी निरीक्षक थापाले बताए ।

थप क्षति हुन नदिनका लागि प्राविधिक सहितको टोली कटान क्षेत्रमा परिचालित छ । ठाउँठाउँमा बाढीले जोखिम बढाएसंगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए । थापाका अनुसार बाढीले क्षति पुर्‌याउन सक्ने स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्नका लागि प्रहरीले सहयोग गरिरहेको छ । थप क्षति हुन नदिनका लागि सबै ठाउँमा प्रहरी परिचालन गरेर उच्च सतर्कता अपनाइएको क्षतिको विवरण संकलन पनि थालिएको उनले बताए । किशोर बुढाथोकी , अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget