Websoft University

www.radiomakalu.com || 021-522512


दसैंका लागि बैंकहरुलाई नयाँ नोट आजैबाट वितरण, बैंकले सर्वसाधारणलाई भोलीबाट दिने, ३७ हजार पाइने

Image result for nepali new rupees

काठमाडौं , असोज ९ गते  । नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । बैंकहरुले भोलीबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने छन् ।

राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ गतेसम्म नयाँ नोट उपलब्ध गराइने छ ।
 
'सर्वसाधारणले लामो लाइन बस्नु नपरोस् भनेर यसपाली कुपन वितरण गरिने छ' राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बिजमाण्डूसँग भने, 'सर्वसाधारणलाई यसपाली पोहोरभन्दा वढि नोट पनि उपलब्ध गराइने छ ।'
 
राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । नोट थापाथलीस्थित कार्यालयसँगै क्षेत्रीय कार्यालयबाट उपलब्ध गराइने पण्डितले जानकारी दिए ।
 
राष्ट्र बैंकले पाँचदेखि १०० रुपैयाँसम्मका नोटहरु दुई दुई बिटाका दरले उपलब्ध गराउने छ । यसो हुँदा एक जनाको भागमा ३७ हजार रुपैयाँ सटही सुविधा हुन्छ । गत बर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो । -बिजमाण्डूबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget