Websoft University

www.radiomakalu.com || 021-522512


मेसीको निर्णायक गोलमा अर्जेन्टिना विजयी



लियोनेल मेसीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोट खेलमा उरूग्वेलाई हराएको छ।

करिब दुई महिनापछि पुनरागमन गरेर सन् २०१८ को विश्वकप छनोट अन्तरगत आज बिहान भएको सातौं चरणको खेलका क्रममा मेसीले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अर्जेन्टिनालाई बिजयी बनाएका हुन्।

बलियो प्रतिद्वन्द्वी उरूग्वेविरुद्ध खेलको ४३ औं मिनेटमा मेसीले एकल प्रयासमा डी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।

अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत रहेका मेसीले यो सँगै अन्तर्राष्ट्रिय गोल संख्या ५६ पुर्‍याएका छन्।

तर, मेसीले गोल गरेको तीन मिनेट नबित्दै पाउलो ड्योब्ला रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएकाले अर्जेन्टिना दबाबमा परेको थियो।

दश खेलाडीमा झरेर पनि अर्जेन्टिनाले उरुग्वेलाई रोकेको थियो। उरुग्वेविरुद्धको जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी समूहबाट विश्वकप छनोट खेलको अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ ।

समान सात खेल खेलेक उरूग्वे १३ अंकसहित दोस्रो स्थानमा झरेको छ।

तेस्रो र चौथोका कोलम्बिया र इक्वाडोरको पनि समान १३/१३ अंक छ भने पाँचौ स्थानको ब्राजिलको १२ अंक छ।

यसअघि हालै अमेरिकामा भएको कोपा अमेरिकाका फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले अर्जेन्टिनाबाट सन्यासको घोषणा गरेका थिए।

यद्यपी नयाँ प्रशिक्षक नियुक्त एड्युवार्गो बाउजा, खेलकर्मीले मेस्सीलाई पटक पटक खेलमा फर्कन आग्रह गरेकाले मेस्सी आफूलाई देशको धेरै माया लाग्ने बताउँदै सन्यासको घोषणा फिर्ता लिएर अर्जेन्टाइन टिममा फर्केका हुन् ।-सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget