Websoft University

www.radiomakalu.com || 021-522512


तीन अोलम्पिक पछ्याएपछि बोल्टको दुर्लभ फोटो


ओलम्पिकमा खेलाडीहरूको खेलको तारिफ हुनु कुनै नौलो विषय होइन्। तर, के तपाईलाई थाहा छ? अस्ट्रेलियाका फोटोग्राफर क्यामेरोन स्पेन्सर आफूले खिचेको एउटा फोटोका कारण अहिले निकै चर्चामा छन्।

गेट्टी इमेजका फोटोग्राफर स्पेन्सरले आइतबार राति (नेपाली समयअनुसार सोमबार बिहान) रियोमा संसारकै तीव्र धावक उसेन बोल्टलाई आफ्नो क्यामरामा यसरी कैद गरेका छन्, जसका कारण उनको तस्बिरको विश्व व्यापी चर्चा हुन थालेको छ।

उनले सेमिफाइनलको दौडमा बोल्टले आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्दै गरेको फोटो खिचेका छन्। जसमा बोल्ट आफ्ना प्रतिद्वन्द्वीलाई आफ्नो दाहिने हातको पाखुराबाट हेर्दै फिनिसिङ लाइनमा पुग्न पुरा ताकत लगाइरहेका छन्। अत्याधिक तीब्रताका कारण बोल्टको हात र खुट्टा हल्लिएको देखिएपनि अनुहारमा निकै ‘फोकस’ छ।

स्पेन्सरले बोल्टको यो क्षणलाई आफ्नो क्यामरामा कैद गर्न ८ वर्षको समय कुर्नु परेको थियो। उनी सन् २००८ को बेइजिङ ओलम्पिकदेखि नै बोल्टको दौडलाई पछ्याउँदै आइरहेका थिए। ‘मलाई लाग्दैन अहिले यो भूमण्डलमा उनीभन्दा महान खेलाडी अरु कोही छ,’ उनले प्रतिक्रिया दिएका छन्।

उनले आम मानिसले मात्र होइन, फोटोग्राफरहरूले पनि उनलाई माया गर्ने गरेको बताए। ‘ऊ वास्तविक मनोरञ्जनकर्ता हो,’ स्पेन्सरले भने ‘ऊ निकै विश्वस्त छ। ऊ भीडलाई हेरेर दौडिन्छ। मेरो विचारमा जब ऊ रंगशालाभित्र प्रवेश गर्छ, त्यहाँ एक किसिमको विजुली पैदा हुन्छ। गत राति पनि रंगशालाको माहौल यस्तै थियो।’

उनले तीनवटा ओलम्पिकमा बोल्टलाई पछ्याएपनि उनीसँग परिचय नभएको बताएका छन्। तर, बोल्टको एउटै फोटोले चर्चा कमाएका स्पेन्सरलाई अहिले अन्तर्वार्ता दिन भ्याइनभ्याइ भएको छ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget