Websoft University

www.radiomakalu.com || 021-522512


नेविसङ्घ अध्यक्षका लागि आठ जनाको उम्मेदवारी



काठमाडौं, साउन ३२ गते । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ ।
महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहनुभएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिनुभयो ।
सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले साँझ ६ं.३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औं महाधिवेशन अन्तर्गत मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget