Websoft University

www.radiomakalu.com || 021-522512


२० वर्षपछि दुई सुपरस्टार एकसाथ, तहल्का मच्चिने अनुमान


madhuri4-08-1470663364
बलिउडमा यस्ता केही जोडीहरु छन् जसको बारेमा सुनरै मजा आउँछ । यस्तै एक जोडी छ संजय दत्त र माधुरी दिक्षितको । यद्यपी दुबैले धेरै फिल्म त खेलेका छैनन् तर जतिपनि खेले त्यसमा उनीहरुको केमेष्ट्री गज्जबको देखियो ।

फिल्म ‘थानेदार’, ‘साजन’ र ‘खलनायक’ त्यस्ता तीन फिल्म हुन् जसमा उनीहरुको केमेष्ट्रिले प्रशंसकहरुलाई आकर्षित गर्न सफल भएको थियो ।

खबर यहाँसम्मको थियो कि माधुरी दीक्षित र संजय दत्त निकै नजिकका साथी बनिसकेका थिए तर सन् १९९३ को मुम्बई ब्लाष्टले उनीहरुबिच सबै कुरा परिवर्तन गरिदिएको थियो । विधु विनोद चोपडाले ‘मार्को भाऊ’ नामक फिल्मका लागि माधुरी दीक्षितलाई अप्रोच गरिरहेका छन् ।

यतिमात्र होइन, माधुरी दीक्षितले विधुको फिल्म ‘परिन्दा’ मा काम गरिसकेकी छिन् त्यसकारण फिल्मको लागि माधुरीको सकारात्मक उत्तर आउने अनुमान गरिएको छ ।

विधु विनोद धेरैजसो विवादास्पद मानिसहरुलाई पर्दामा ल्याउने गर्दछन् । यस्तोमा मार्को भाउका लागि उनको यो तरिका कत्तिको काम लाग्नेछ त्यो भने हेर्न बाँकी छ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget