Websoft University

www.radiomakalu.com || 021-522512


युनाइटेड पुनरागमनबारे पोग्वा भन्छन्- लामो बिदा मनाएर घर फर्किएजस्तो


Pogba
आफ्नी आमाको सल्लाह मानेर १०० मिलियन पाउण्डको कीर्तिमानी मुल्यमा म्यान्चेस्टर युनाइटेड फर्किएका फ्रान्सेली मिडफिल्डर पाउल पोग्वाले आफ्नो पुनरागमनलाई ‘भाग्य’को रुपमा बर्णित गरेका छन् ।

फ्रान्सेली स्टार पोग्वाको ओल्ड ट्राफोट पुनरागमनबारे युनाइटेडले मंगलबार बिहान आधिकारिक घोषणा गरेको थियो । यसअघि सोमबार उनी मेडिकल परिक्षणको लागि एओएन प्रशिक्षण कम्प्लेक्स पुगेका थिए ।

इटलीयन च्यामिपयन युभेन्टसका पूर्व मिडफिल्डरले इंग्ल्याण्ड फर्किएपछिको पहिलो अन्तर्वार्तामा आफू सिरी ए चार बर्षे ‘बिदा मनाउन’ गएको उल्लेख गरेका छन् ।

क्लवको टेलिभिजन च्यालन एमयु टिभीसँगको अन्तर्वार्तामा २३ बर्षीय यी स्टारले भनेका छन्, ‘इमान्दारिताका साथ भन्दा मसँग कुनै शब्द नै छैन । क्यारिङटन फर्कँदा मलाई आफ्नै घर फर्केजस्तो लागिरहेको छ ।

उनले भने, ‘मलाई यस्तो भइरहेको छ कि म बिदा मनाउन गएको थिएँ र अहिले घर फर्केको छु । म एकदमै खुसी छु र महान अनुभुति गरिरहेको छु ।’

अन्तर्वार्तामा पोग्वाले भनेका छन् कि, ‘मेरो बिचारमा यो सबै भाग्यकै खेल हो । पहिले मलाई मेरी आमाले यहीँ फर्कनुपर्छ भन्नुभएको थियो । मैले उहाँलाई आश्वास्त पनि पारेको थिएँ ।’

‘मेरा लागि ओल्ड ट्राफोटको पुनरागमन असाध्यै ठूलो चुनौति पनि हो । जहाँ म हुर्किएँ र फुटबल खेल्न सुरु गरेँ । तर मैले सुरुमात्र गरेको थिएँ, पूरा गरेको थिइनँ, त्यसैले मेरो बिचारमा म यहाँ सुरु गरेको काम पूरा गर्न आएको हुँ ।’, उनले भने ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget