Websoft University

www.radiomakalu.com || 021-522512


एकै खेलमा ३२ पेनाल्टी



फुटबलको दोस्रो चरण अन्तर्गत मंगलबार राति भएको एक खेलमा २९ गोल भएको छ।

लिग कप अन्तर्गत गएराति भएको खेलमा डर्बी काउन्टी र कारलिस्लेबिचको खेलमा २९ गोल भएको हो।

यो खेलमा दुई गोल मात्र निर्धारित समयमा भएको थियो भने बाँकी २७ गोल पेनाल्टीमार्फत भएको थियो।

५६ औं मिनेटमा डर्बीका डरेन बेन्टले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

तर इन्जिरी समयमा कारलिस्लेका माइक जोन्सले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । तर दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

टाइब्रेकरमा पनि दुवै तर्फबाट लगातार गोल भएपछि ३२ पटक पेनाल्टी प्रहार भए।

त्यसमा पाँच वटा पेनाल्टी बल गोल किपरले सेभ र बाहिर गए।

टाइब्रेकरमा डर्बी १४–१३ ले विजयी भयो र लिग कपको तेस्रो चरणका लागि छनोट भयो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget