Websoft University

www.radiomakalu.com || 021-522512


क्रुजबाट खसेकी चीनियाँ महिला ३८ घण्टा समुन्द्रमा रहँदासमेत जीवित !

cruise

क्रुज जहाजबाट खसेर ३८ घण्टा समुन्द्रमा रहेकी एक चीनियाँ महिलालाई माझीले जीवितै उद्धार गरेका छन् ।

फ्यान थर भएकी यी महिला साङ्घाईकी हुन् । चीनियाँ मिडियाका अनुसार फ्यान जहाजको डेकबाट यति धेरै झुकिन् कि उनी त्यहाँबाट खसिन् ।

उनी चौथो डेकबाट खसेको बताइएको छ । यो सात तल्ले घरबाट खसे जत्तिको उचाई हो ।

अचम्म त के छ भने ३१ वर्षीया ती महिला यति ठूलो दुर्घटनामा परिन् तर उनलाई सामान्य चोटमात्र लागेको छ ।

रोयल क्यारीबियन नामक क्रुजमा उनी साङ्घाइबाट दक्षिण कोरिया हुँदै जापानको यात्रामा थिइन् । उनको भ्रमण पाँच दिनको थियो ।

क्रुजबाट खसिसकेपछि उनले कुनै वस्तुमा साहारा लिन पाइनन् । माछा मार्ने डुङ्गा नदेखुञ्जेल उनी पानीको बहावसँगै पानीमा तैरन बाध्य थिइन् ।
उनीसँग क्रुजमा रहेका उनका परिवारले उनी खसेको निकै घण्टा पछि मात्र थाहा पाए ।

फोनमा छोरीको आवाज सुनेपछि उनका बुवाले आफ्नी छोरी जीवितै छिन् भन्ने पत्याउनै सकेनन् ।

‘उनले ओलम्पिकमा भाग लिनुपर्छ’
उनका अनुसार बुधबार राती जब उनी दुर्घटनावश समुन्द्रमा खसिन् तब त्यहाँ साढे पाँच फिटकी महिला वरिपरिको दृश्य हेर्न मस्त थिइन् ।

उनले सहयोगका लागि चिच्याइन् तर उनलाई कसैले पनि सुनेनन् ।

पछि उनी थाकिन् र निदाइन् । उनी निदाउँदा पनि पानीको बहावसँगै बग्न सफल भइन्, चीनियाँ मिडियाले जानकारी दियो ।

शुक्रबार बिहान ब्यूँझिएपछि उनले माछा मार्ने एक भाँडो देखिन् ।

फ्यानको पाखुरामा जेलीफिसले चिलेको सामान्य घाउमात्र छन् ।

माइक्रो ब्लगिङ साइट, सिना वेइबोमा यस विषयमा मानिसहरुले टिका टिप्पणी गरेका छन् ।

‘समुन्द्रमा उनले ३८ घण्टासम्म केही पनि खाइनन् तरपनि उनी बाँचिन् ? यो त चमत्कार हो,’ एक प्रयोगकर्ताले भने ।

‘यो पत्याउनै सकिन्न,’ अर्का प्रयोगकर्ताले भने ।

एकजना कमेन्ट गर्ने व्यक्तिले भने, ‘उनले ओलम्पिकमा भाग लिनुपर्छ ।’

रिपोर्टका अनुसार युनिभर्सिटीमा खेलकुदको अध्ययन गरेकी फ्यान शारिरिक रुपमा बलियो भएका कारण उनी बाँच्न सफल भएकी हुन् । उनले पाँच वर्षको उमेरदेखि नै पौडी खेल्न सुरु गरेकी थिइन् ।

स्थानीय समाचार एजेन्सीले उनले यति कम तापक्रममा कसरी बाँच्न सफल भइन् भन्ने कुराको जानकारी दिएको छैन ।-
बीबीसी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget