Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डले ल्याप्चे लगाएको सम्झौता अनुमोदन गर्दैनौं: ओली


Kp-oli
काठमाडौं,साउन २६ गते । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी गठबन्धन देशलाई संवैधानिक र राजनीतिक रिक्ततामा लैजाने षडयन्त्रबाट बनेको टिप्पणी गरेका छन् । अहिलेको गठबन्धन निर्माणमा गरिएका सम्झौताहरुलाई एमालेले अनुमोदन नगर्ने ओलीले प्रष्ट पारे ।

प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय निकायको चुनाव मंसिरमा नगर्ने निर्णय वर्तमान सरकारले गर्नुमा प्रदेश सभाको चुनाव पनि नगर्ने नियत रहेको दाबी गरे ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘अहिलेको गठबन्धन भनेको संवैधानिक र राजनीतिक रिक्ततामा लैजाने षडयन्त्रबाट बनेको हो । अहिले पनि बिभिन्न प्रकारसका षडयन्त्र भइरहेका छन् । स्थानीय निकायको चुनावमा मंसिरमा नगर्ने भनिसके ।’

एमालेले प्रतिशोधको राजनीति एमालेले प्रतिशोधको राजनीति नगर्ने उनले प्रष्ट पारे । तर, संविधान संशोधन औचित्यको आधारमा हुनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस-माओवादीले मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनसँग संविधान संशोधन लगायतका विषयमा लिखित सम्झौता गरेको तर्फ इंगित गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो सरकारले धेरै ठाउँमा कागज गरेको छ । थमौति गरेको छ । जहाँ-जहाँ ल्याप्चे लगाइएका छन्, आश्वासन दिइएका छन् । ति सम्झौता अनुमोदन गर्ने काम एमालेले गर्दैन ।’

उनले अघि भने, ‘एमालेले प्रतिशोधको राजनीति गर्दैन, इगो राख्दैन, संविधान संशोधन हुनै हुँदैन भन्ने पनि होइन तर औचित्यको आधारमा हुनुपर्छ ।’

‘रिमोटबाट चलेको सरकार’

उनले वर्तमान सरकार ‘रिमोट’बाट चलेको पनि बताए । ओलीले भने, ‘यो रिमोटबाट चलेको सरकार हो । रिमोट कहाँबाट चल्छ भन्ने हामीलाई थाहा छ भने टिभी च्यानल किन फेरियो भनेर हामीले इस्यू बनाउँदैनौं ।’

उनले राजदूत सिफारिस फिर्तालाई प्रतिशोधको राजनीति भने । ओली सरकारका पालामा राजनीतिक आधारमा सिफारिस भएका १४ राजदूत सिफारिसको निर्णय प्रचण्ड नेतृत्वको सरकारले उल्ट्याएको थियो ।

‘काम चित्त बुझेन भने राजदूतहरुलाई पछि फिर्ता गर्न सकिन्छ । तर, सुनुवाई नै रोक्नु गलत हो,’ ओलीले भने, ‘यो प्रतिशोधको राजनीति हो, अराजनीतिक निर्णय हो ।’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget