Websoft University

www.radiomakalu.com || 021-522512


साविक बिजेता सेरेना रियो ओलम्पिकबाट बाहिरिइन्

Serena-Williams

ओलम्पिक च्याम्पियन तथा विश्व नम्बर एक टेनिस स्टार सेरेना विलियम्स रियो ओलम्पिकमा महिला एकलतर्फ तेस्रो चरणमै पराजित हुँदै बाहिरिएकी छन् ।

तेस्रो चरणमा उनले युक्रेनकी एलिना भिटोलिनासँग सोझो सेटमा पराजय ब्यहोरिन् । २२ पटकका ग्राण्डस्लाम बिजेता अमेरिकी स्टारलाई हराउँदै ओलम्पिक सहभागिता अविष्मरणीय बनाउने क्रममा भिटोलिनाले सेरेनामाथि २-० को सोझो सेटमा जित निकालिन् । उनले ६-४ र ६-३ को जित निकालेकी हुन् ।

‘मैले सोच्नै सकिरहेको छैन कि मैले विश्व नम्बर एकलाई हराएँ । यो मेरो जीवनकै उत्कृष्ट पल हो ।’ जितपछि २०औं बरियताकी भिटोलिनाले भनिन् । उनले क्वाटरफाइनलमा चेक रिपब्लिककी पेट्रा भिटोभासँग खेल्नेछिन् ।

खेलका दौरान सेरेना निक्कै हतोत्साही देखिएकी थिइन् । बिशेष गरी हारको संघारमा पुगेपछि दोस्रो सेटको अन्त्यतिर उनले पाँच पटक डवल फल गरेर दर्शकलाई अचम्मा पारेकी थिइन् । उनी लण्डन ओलम्पिककी स्वर्ण बिजेता हुन् ।

सेरेनाले बहिनी भेनससँग मिलेर ३ पटक महिला युगलको ओलम्पिक स्वर्ण जितेकी छन् । तर यी दिदी बहिनीको जोडी गत आइतबार नै महिला युगलमा पनि पराजित भइसकेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget