Websoft University

www.radiomakalu.com || 021-522512


सार्कको एजेन्डामा सम्मेलन तयारी


saarc
काठमाडौँ, साउन २४ गते । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्क राष्ट्रहरूले उठाउँदै आएका एजेन्डाको प्रभावकारिता र कार्यान्वयनबारे सार्क राष्ट्रस्तरीय सम्मेलनको तयारी गरेको छ ।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतले गत वर्ष नेपालमा भएको घोषणा कार्यान्वयन र आगामी सार्कका एजेन्डासमेत निर्धारित गर्ने उद्देश्यले समितिले क्षेत्रीय सम्मेलनको तयारी गरेको हो । सम्मेलनमा सार्क राष्ट्रका विषय विज्ञको सहभागिता रहनेछ । समितिले आउँदो असोज १४ र १५ गते सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनको तयारीका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन भइसकेको छ ।
उपसमितिमा नेपाली काँग्रेसका तर्फबाट पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, एमालेका लालबाबु यादव र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र नारायण देव पनि सदस्य हुनुहुन्छ । मनोनित सांसद श्यामकुमार श्रेष्ठ (काभ्रे) पनि उपसमितिमा सदस्य हुनुहुन्छ ।
समिति सभापति प्रभु साहले सार्कलाई एजेन्डामा थप एक्टिभ बनाउने र काठमाडौँ घोषणापत्रलाई अध्यक्ष राष्ट्रका हिसाबले कार्यान्वयनको अवस्था बुझ्न सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget