Websoft University

www.radiomakalu.com || 021-522512


प्रतिनिधि विवादले नेविसंघको बन्दसत्र स्थगित



काठमाडौं,साउन २४ गते । प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको बन्दसत्र प्रभावित भएको छ । विवाद नमिलेपछि सोमबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।



‘आज विशेष कारणवश हुन नसकेको बन्दसत्र मंगलबार दिउँसो दुई बजे हुनेछ,’ नेविसंघ प्रवक्ता यूपी लामिछानेले भने ।

नेताहरुले भागबन्डा गरेर महाधिवेशन प्रतिनिधिहरु छानिएको भन्दै नेविसंघको एक समूह असन्तुष्ट छ । नेता कुन्दन काफ्ले नेतृत्वको समूहले विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधिहरु छनोट नगरिएसम्म महाधिवेशन सञ्चालन गर्न नदिने अडान लिएको छ ।

नेविसंघले प्रतिनिधि कार्ड लिनका लागि मंगलबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा आफ्नो परिचयपत्र र फोटोसहित सम्पर्क गर्न पनि सबै प्रतिनिधिहरुलाई अनुरोध गरेको छ । खानाको कुपनका लागि मुख्य सचिव शिव रिमालसँग सम्पर्क राख्न पनि भनिएको छ ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आइतबार भृकुटीमण्डपमा नेविसंघको ११ औं महाधिवेशन उदघाटन गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget