Websoft University

www.radiomakalu.com || 021-522512


आत्मघाती विस्फोटको तयारीमा रहेका बालक पक्राउ



बग्दाद, भदौ ७ । इराकमा आत्मघाती बिस्फोटको तयारी गरिरहेको अवस्थामा एक बालकलाई पक्राउ गरिएको छ ।

१५ वर्षीय एक बालकलाई बिस्फोटक पदार्थसहितको बेल्ट लगाएको अवस्थामा किरकुकमा पक्राउ गरिएको इराकी प्रहरीले जनाएको छ ।

पक्राउ परेलगत्तै उनको शरीरमा रहेको बिस्फोटक पदार्थ नष्ट गरिएको छ । पक्राउ परेका बालकले शिया समुदायको धार्मिक स्थलमा बिस्फोट गराउने आफ्नो योजना रहेको बयान दिएका छन् ।

यसअघि पनि इराकी प्रहरीले बिस्फोट पदार्थले भरिएको बेल्ट लगाएका एक युवकलाई गोली हानी मारेको थियो ।

किरकुक शहरको मस्जिदमा प्रवेश गर्ने क्रममा उनलाई गोली हानिएको बताइएको छ ।

पछिल्लो समय इराकमा सुरक्षा ब्यबस्था कडा बनाई सर्वसाधारणमाथि कडा निगरानी गरिएको छ । इराकमा हरेक साता हुने गरेको बिस्फोटमा थुप्रैको ज्यान जाने गरेको छ । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget