Websoft University

www.radiomakalu.com || 021-522512


सरकार बाहिर रहेका दलसँग एमालेको बैठकः सरकारको आलोचना


Image result for kp sharma oliकाठमाडौं,भदौ ७ गते । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान कार्यान्वयन, स्थानीय तहको पुनर्संरचना र संविधान संशोधनका विषयमा सबै प्रतिपक्षी दलहरुको साझा धारणा बनाउन गृहकार्य सुरु गरेको छ ।

एमालेले साझा धारणा बनाउने गृहकार्यस्वरुप मंगलबार प्रतिपक्षमा रहेका साना दलहरुसँग बैठक गरेको छ । बैठकमा राप्रपा नेपाल, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, संयुक्त जनमोर्चा लगायतका दलका नेता सहभागी थिए ।

प्रतिपक्षी दलहरुको बैठकले सरकार संविधान कार्यान्वयनमा गम्भिर नभएको तथा राष्ट्रियताको मुद्दामा हलुको बनेको भन्दै आलोचना गरेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यावयनको कार्ययोजनालाई सरकारले बेवास्ता गरेका कारण तथा राष्ट्रियताको मुद्दा कमजोर बनाउने षड्यन्त्र भएकाले एमालेले प्रतिपक्षी दलहरुको साझा धारणा बनाउन खोजेको बताए ।

प्रतिपक्षी दलहरुको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने अनुपस्थित रहेका थिए । राप्रपा नेपालका तर्फबाट दिलनाथ गिरी र रामकुमार सुब्बा उपस्थित थिए । थापा आज आफ्नो बाबुको स्मृतिमा एक कार्यक्रम गर्न जुटेकाले बैठकमा सहभागि नभएको बताइएको छ ।
साझा धारणा तय गर्न प्रतिपक्षी दलहरुको बैठक अर्को मितिमा पुनः बस्ने बताइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget