Websoft University

www.radiomakalu.com || 021-522512


रियो ओलम्पिकमा सहभागी हुन तेक्वान्दो टोली ब्राजिल जाँदै



काठमाडौं, साउन २८ । रियो ओलम्पिकमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आज ब्राजिल प्रस्थान गर्दैछ ।

रियो ओलम्पिकमा सहभागि हुन जाने यो नेपालको अन्तिम टोली हुनेछ । ओलम्पिकमा तेक्वान्दोतर्फ नेपालकी निशा रावलले महिला ६७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्दैछिन् । तेक्वान्दोका खेल यही अगष्ट १७ देखि २० तारिखसम्म सञ्चालन हुँदैछन् ।

नेपालकी निशाले अगष्ट २० तारिख अर्थात् आगामी भदौ ४ गते शनिबार आफ्नो समुहमा प्रतिस्पर्धा गर्नेछिन् । १२ वर्षअघि ग्रिसको एथेन्समा भएको ओलम्पिमा खेलाडीको रुपमा सहभागि भएकी संगिना वैद्यको प्रशिक्षणमा निशा ओलम्पिक खेल्दैछिन् ।

जारी ओलम्पिकमा नेपालका शिरिष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले उत्साहजनक प्रदर्शन गर्न सकेका छैनन् । यस्तोमा निशाले कम्तिमा एउटा खेल जित्ने लक्ष्य लिएकी छन् ।

नेपालका पौडीवाज शिरिष गुरुङ र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फपु ल्हामु खत्रीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरिसकेका छन् ।

अब तेक्वान्दोकी निशा रावलसँगै एथ्लेटिक्स खेलाडी हरि रिमाल र सरस्वती भट्टराईको खेल बाँकी छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget