Websoft University

www.radiomakalu.com || 021-522512


अख्तियार अगाडि प्रदर्शनमा रोक

Akhtiyar

काठमाडौं,साउन २८ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गर्न रोक लगाएको छ ।

प्रशासनले शुक्रबारदेखि लागू हुने गरी अख्तियार कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र पूर्वमा विशालनगर र हाँडीगाउँ जाने चोक तथा गहना पोखरी, उत्तरमा गणेश मन्दिर नजिकको धारा, पश्चिममा गौह्रीधारा चोक र दक्षिणमा दुरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म लागू हुनेछ ।

त्यस क्षेत्रमा अख्तियारका साथै प्रहरी हेडक्वाटर र संवैधानिक निकायहरु रहेकाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

पछिल्लो समय डा. गोविन्द केसीका समर्थकहरुले अख्तियार अगाडि बेला-बेलामा प्रदर्शन गर्दै आएका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget