Websoft University

www.radiomakalu.com || 021-522512


लाइन्सम्यानलाई १८ खेलको प्रतिबन्ध !



साराजेभो – फुटबल खेलमा खेलाडीहरुले मैदानमा गलत आचरण देखाएबापत प्रतिबन्ध खेप्नुलाई कुनै नौलो कुरा मानिदैन । तर, यहाँ खेलका अफिसियल नै प्रतिबन्धमा परेको अनौठो घटना प्रकाशमा आएको छ ।



यो घटना बोसनियामा भएको हो । त्यहाँ आयोजना हुने बोसनियन प्रिमियर लिग अन्तरगतको खेलमा गलत निर्णय लिएको भन्दै फुटबल अधिकारीहरुले एक लाइनसम्यानलाई नै प्रतिबन्धको सजाय सुनाएको हो ।

गोल डटकमका अनुसार जुबो मिलिसेभिचले जेल्जेज्निकार र ओलिम्पिक साराजेभोबीचको खेलमा एकपछि अर्को गल्ती गरेका थिए । यसबाट रुष्ट बोसनियाका फुटबल अधिकारीहरुले उनीमाथि १८ खेलको प्रतिबन्ध लगाउने निर्णय गरे ।

यो निर्णयसँगै उनी सन् २०१६ भर कामबिहिन हुने भएका छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget