Websoft University

www.radiomakalu.com || 021-522512


व्यवस्थापिका संसद बैठक बस्दै, बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुने



काठमाडौँ साउन १७ गते । वस्थापिका संसद बैठक सोमबार बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा बैठक तीन बजेको लागि तय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार नै सकिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको छ ।


SANSAD BUILDING
राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन् ।

अब प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्ने र त्यसका लागि राष्ट्रपति कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त हुनुपर्नेछ ।


राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन् ।


राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।- रातोपाटीबाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget