Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री कार्यालयका कर्मचारी छड्केमा

Pmo-Office

काठमाडौं,साउन २६ गते । सरकार परिवर्तनसँगै प्रधानमन्त्री कार्यालयमा कर्मचारीमाथि छड्के अनुगमन बढेको छ ।

कर्मचारीहरु समयमा कार्यालय नआउने र हाजिर गरेर अन्य काममा बाहिर जाने गरेको गुनासो बढिरहेका बेला मंगलबार प्रधानमन्त्री कार्यालयमा छड्के अनुगमन भएको थियो ।

मन्त्रिपरिषद कार्यालयको प्रशासन महाशाखाले छड्के अनुगमन गरी करिब एक दर्जन कर्मचारीहरुलाई समयमा कार्यकक्ष आइनपुग्नुको कारण सोध्दै स्पष्टीकरण मागेको हो । ‘के कति कारण अनुपस्थित भएको हो, तीन दिनभित्र जानकारी दिन भन्दै पत्र काटेको छ,’ स्रोतले भन्यो, प्रशासनले महिनामा कम्तिमा पनि चारपटक छड्के गर्ने र लगातार कार्यकक्षमा नभेटिने कर्मचारीलाई थप कारबाही गर्ने चेतावनी दिएको छ ।’

तीनवटा महाशाखामा गरेको अनुगमनका क्रममा हेलो सरकारमा मात्र ५ जनालाई स्पष्टिकरण पत्र काटिएको थियो । स्पष्टिकरणको बोधार्थ मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरुलाई पठाइएको पनि स्रोतले बताएको छ ।

हरेक दिनको काम देखाउनु पर्ने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएर आएपछि प्रधानमन्त्री कार्यालयमा परिवर्तन महसुस हुन थालेको छ । उक्त कार्यालयका प्रत्येक कर्मचारीलाई दिनभर काम गरेको विवरण भर्न छुट्टै डायरी नै उपलब्ध गराएको छ ।

हरेक कर्मचारीले प्रत्येक दिन आफूले गरेको कामको विवरण, कार्यालयभित्र विताएको समय लगायतका विवरण भर्नुपर्नेछ । त्यस्तो डायरी अनुगमन शाखाले आवश्यक पर्दा अध्ययन गर्नेछ । त्यही डायरीमा भरेको विवरणका आधारमा अब त्यहाँको कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था गरिएको छ ।

हाजिर गरेर भाग्नेहरु गयल

प्रधानमन्त्री कार्यालयका कर्मचारीले अतिरिक्त काम गर्दा प्रोत्साहन भत्ता पाउँछन् । तर केही कर्मचारी हाजिर गरेर दिनभरी हराउने र साँझ अबेर पुन कार्यालयमा देखिएर अतिरिक्त भत्ता खाने गरेको गुनासो थियो ।

तर अब प्रधानमन्त्री कार्यालय छिर्ने मुल गेटमा राखिएको सुरक्षा जाँच मेशिनले कर्मचारी बाहिरिएको र भित्रिएको समय रेकर्ड गरिरहेको हुन्छ । उनीहरु जति समय कार्यालयबाट बाहिरिन्छन्, त्यो समय कार्यालय समयबाट घट्दै जान्छ । र, उसले दिनभर कति घण्टा कार्यालयभित्र बसेर काम गरे भन्ने पनि देखाउने छ ।

अन्य ढोका बन्द गरियो

प्रधानमन्त्री कार्यालय छिर्न उत्तरी क्षेत्रमा दुईवटा साना ढोका छन् । यसअघि उनीहरुलाई ती ढोका प्रयोग गरेर बाहिरिन अनुमति थियो । तर, अब ती ढोकाहरु बन्द गरिएका छन् । कर्मचारीहरुले अब मूल ढोकाबाहेक अन्य ढोका प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget