Websoft University

www.radiomakalu.com || 021-522512


अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुसमा

Narendra-Neupane,-Akhil-Krantikari

२६ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आगामी पुस २३ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयको बैठकले पुस २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सम्मेलनका लागि भदौ १० गतेभित्र प्रदेश एकता भेला, भदौ मसान्तभित्र जिल्ला एकता भेला र असोज १५ गतेभित्र इकाइ एकता भेला गर्ने अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले संगठन अब राष्ट्रिय सम्मेलनका अतिरिक्त आगामी फागुन १४ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । स्ववियु निर्वाचनको तयारीका लागि क्रान्तिकारीले ‘एक कलेज एक केन्द्रीय सदस्य’को जिम्मेवारी बाँडफाँड गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारीले ९९ सदस्यीय पदाधिकारी, ३ सय ३३ सदस्यीय सचिवालय र ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

सरकारी विद्यालयमा छोराछोरी

क्रान्तिकारीले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुले आफ्ना छोरोछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउने व्यवस्था गर्न दवाबमूलक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी निजी शिक्षामा व्याप्त व्यापारीकरणको अन्त्यका लागि शुल्कको सिलिङ तोक्न, एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्न र शिक्षा ऐन कार्यान्वयन गर्न दबावमूलक कार्यक्रम गर्ने निर्णय पनि गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget