Websoft University

www.radiomakalu.com || 021-522512


भेषावकार भन्छन्ः नेपाललाई विश्वकप छनौटमा पुर्‍याउँछौं


Cricket-Team
काठमाडौँ,भदौ ३ गते । नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकारले अाइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप नसकिएको बताउँदै बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । नेपालले प्रतियोगितामा शीर्ष चारमा रहेर विश्वकप छनाैट खेल्ने उनले बताए ।

नेदरल्याण्डस् बिरूद्दकाे दुर्इ खेल खेलेर अाज बिहान नेपाल फर्केको नेपाली टाेलीका स्टार ब्याट्सम्यान शरदले विश्वकप यात्रा नसकिएको बताउँदै युरोपको फरक मौसमको चुनौतीको सामना गर्नका बाबजुद नेपालले बलियो नेदरल्यान्ड्सलाई हराएको स्मरण गरे, उनले भने – “अबका खेलमा झन राम्रो प्रदर्शन गर्नेछौँ र नेपाललाई छनोट गराउनेछौँ ।” भेषावकरले अर्को खेल आउन अझै छ महिना बाँकी रहेकाले सोबीचमा राम्रोस्तरका टोलीसँग नेपालले पर्याप्त खेल खेल्न जरुरी रहेको धारणा राखे ।
नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोस्रो खेलमा शानदार प्रदर्शन गर्दै १९ रनले बिजयी भयो ।

जारी प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवा न्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।

आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रुपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ । तर नेपालले अब हङ्कङ, केन्या र युएईसँग खेल्न बाँकी छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget