Websoft University

www.radiomakalu.com || 021-522512


सरकारको नेतृत्वमा रहँदासम्म माओवादीले महाधिवेशन नगर्ने

राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल सुरु
काठमाडौं, भदौ ३ गते । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसम्म पार्टीको महाधिवेशन नगर्ने भएको छ । महाधिवेशनको विकल्पमा उसले राष्ट्रिय सम्मेलन गर्नेबारे बहस सुरु गरेको छ ।


माओवादीले १० पार्टीसँग एकता गरेपछि महाधिवेशन आयोजक समिति बनाएको छ र पुसमा २३ देखि २७ सम्म महाधिवेशन गर्ने मितिसमेत तोकेको थियो ।

तर, पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि महाधिवेशन सर्ने पक्का भएको छ । माओवादी एक नेताका अनुसार अब प्रचण्डले सरकारको नेतृत्व गर्दासम्म महाधिवेशन गर्ने सम्भावना छैन ।

महाधिवेशन आयोजक समितिको बैठक भदौ ११ मा बोलाइएको छ । यसबारे केन्द्रीय कार्यालयको शुक्रबारको बैठकमा छलफल हुनेछ । महाधिवेशन तत्काल गर्न नसकिने र आयोजक समिति जम्बो बन्दै गएपछि विकल्पबारे बहस सुरु भएको छ ।

माओवादीको महाधिवेशन आयोजक समिति झण्डै २५ सय सदस्यीय भइसकेको छ । तर, अझै पनि जिल्ला-जिल्लाबाट नाम सिफारिस आउने क्रम रोकिएको छैन ।

माओवादी नेता हरिबोल गजुरेलका अनुसार अहिले राष्ट्रिय सम्मेलन गरेर छरितो कमिटी बनाउनेबारे छलफल भइरहेको छ । यद्यपि कुनै निर्णय भने भएको छैन ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget