Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्रिमण्डलले पूर्णता पाउन किन हुँदैछ ढिलाई ?

prachnda oath

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिँदै । फाइल तस्बीर

काठमाडौं,साउन २६ गते ।माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको एक साता बितेपनि मन्त्रिमण्डलले अझैं पूर्णता पाउन सकेको छैन ।

गत साउन १९ गते प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएसँगै २० गते सपथसँगै ६ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो ।

यस्तै सोमबार राप्रपाका दुई र नेपाल संयुक्तबाट एक गरी तीन मन्त्री थपिएपनि सत्ता साझेदार दल कांग्रेसले ११ मन् त्री पठाउन बाँकी छ ।
११ मन्त्रालय पाएको कांग्रेसले विमलेन्द्र निधि र रमेश लेखकलाई मात्रै सरकारमा पठाएको छ भने अन्य मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

नेविसंघको ११ औं महाधिवेशनका कारण त्यसतर्फ नेताहरु ब्यस्त हुँदा मन्त्रीको नाम टुंगो लगाउन छलफल नै नभएको एक नेताले बताए । ति नेताका अनुसार अब नेविसंघको महाधिवेशन सकिएपछि त्रिपक्षीय छलफलपछि मन्त्रिमण्डलमा नाम पठाइने छ । कांग्रेसमा गुटगत विवादका कारण समेत मन्त्री छान्न समस्या भएको बताइएको छ ।

नेता रामचन्द्र पौडेल समुहले मन्त्रीको नाम टुंगो लगाउँदा आफूहरुसँग पर्याप्त छलफल हुनुपर्ने बताउँदै आएको छ भने कृष्ण सिटौलाले पनि देउवासँग उत्तिकै बार्गेनिङ गरेको बताइएको छ । यस्तै देउवा खेमामै रहेका खुमबहादुर खड्काले आफू निकटको नाम मन्त्रीमा अघि सारेपछि देउवालाई थप समस्या भएको एक स्रोतले बताएको छ ।

पार्टीभित्र मन्त्रिमण्डल चयनमा विवाद र नेविसंघको महाधिवेशनको चापले गर्दा कांग्रेसलाई मन्त्रीको सूचि नाम टुंगो लगाउन केहि समय लाग्ने बुझिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो दाबी गरेका छन् । तर, प्रचण्डले यस्तो दाबी गरेपनि उनकै पार्टी नेकपा माओवादी केन्द्रमा मन्त्रीको आकांक्षी धेरै भएपछि मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठक अनिर्णित बनेको थियो भने मन्त्रीको नाम अन्तिम टुंगो लगाउने जिम्मा प्रचण्डलाई नै दिएको थियो ।
प्रचण्डले ५ मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पाएको भोलिपल्ट आफ्नो पार्टीमा सबै विषय मिलिसकेको बताएका छन् । उनले भने– हाम्रो पार्टीले मन्त्रीको नाम टुंगो लगाइसकेको छ, कुनै व्यवधान छैन, काँग्रेस नेविसंघको महाधिवेशनमा बढि केन्द्रित छ, काँग्रेससँगै गर्न हामी पखाईमा छौं, आजै काँग्रेससँगै कुरा गरेर भए काँग्रेससहित नभए हाम्रो पार्टीबाट मन्त्रिमण्डल विस्तार हुन्छ ।’

प्रचण्डले कांग्रेसले नाम नदिएपनि मन्त्रीमण्डल विस्तार गर्ने बताएपनि कांग्रेसको समस्या तत्काल नमिल्ने देखिएकाले मन्त्रिमण्डलले पूर्ण पाउन अझैं समय लाग्ने बुझिएको छ ।

यस्तै सरकारलाई समर्थन गरेको मधेसी मोर्चासमेत सरकारमा सहभागि भए मन्त्रिमण्डल पूर्ण पाउन थप समय लाग्नुका साथै मन्त्रिमण्डल समेत जम्बो बन्ने निश्चित छ ।

हाल ठोस निर्णय नगरेपनि मोर्चा सरकारमा सहभागि हुने निर्णय भए मन्त्रालयका बारेमा समस्या हुने छ भने उपप्रधानमन्त्रीको संख्या समेत थपिने बताइएको छ । हाल कृष्णबहादुर महरा र विमलेन्द्र निधि गरी सरकारका दुई उपप्रधानमन्त्री रहेका छन् ।-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget