Websoft University

www.radiomakalu.com || 021-522512


मलेसियामा प्रधानमन्त्रीलाई चुनौती दिँदै नयाँ पार्टी दर्ताका लागि निवेदन

706302a7-3a89-4552-9c15-8dc58a0ff037

मलेसिया,साउन २६ गते ।मलेसियाका प्रधानमन्त्री नजिव रजाकको विपक्षी समूहले उहाँको नेततृत्व कालमा आर्थिक अनियमितता मौलाएको बताउँदै वैकल्पिक दलको आवश्यकता भएको जिकिर गर्दै नयाँ पार्टी दर्ताका लागि निवेदन परेको छ ।

नयाँ पार्टीले रजाकको शासन कालमा देखिएका आर्थिक अनियमिततालाई हटाउँदै देशमा सुशासन कायम गर्ने गत वर्ष उपप्रधानमन्त्रीबाट रजाफद्वारा हटाइएका मुहयिद्धिन यसिनले बताए ।

नयाँ पार्टीको नाम प्रिभूमी बेसातु मलेसिया ९युनाइटेड मलेसियन पिपुल्स पार्टी० प्रस्ताव गरिएको छ । नयाँ पार्टीको अध्यक्षमा मलेसियामा २२ वर्ष सत्ता सम्हालेका पूर्वप्रधानमन्त्री महाथिर मोहमद बन्ने सम्भावना रहेको यसिनका सहयोगीले बताए ।

महाथिरले वर्तमान प्रधानमन्त्रीको शासनपद्धति माथि आपत्ति जनाउँदै सन् २००१६ को फेब्रुवरीमा नजिवको युनाइटेड मलाय नेशनल अर्गनाइजेशन नामक पार्टीबाट बाहिरिएका थिए ।

त्यसैगरी पार्टीको सभापति पदमा यसिन रहने सम्भावना रहेको पनि प्राप्त समाचारमा बताइएको छ ।- रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget