Websoft University

www.radiomakalu.com || 021-522512


रियल म्याड्रिडले जित्यो युइएफए सुपर कपको उपाधि


रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि उचालेको छ। स्पेनिस क्लब सेभिल्लालाई ३–२ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले उपाधि उचालेको हो।

खेलको २१ औं मिनेटमा मार्कोले गोल गर्दै रियल म्याड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४१ औं मिनेटमा फ्रान्कोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो।


खेलको ७२ औं मिनेटमा इभहेन कोनोप्यान्काले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए। तर इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएपछि खेल अतिरित्त समयमा धकेलियो। इन्जुरी समयमा कोलोडेज्याक दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो।

खेलको ११९ औं मिनेटमा डानी कार्भाहलले गोल गर्दै रियल म्याड्रिडलाई युइएफए सुपर कप फुटबलको उपाधि दिलाए। रियल म्याड्रिड स्टार खेलाडीहरु क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा, ग्यारेथ बेल, पेपे र टानी क्रुसबिनै मैदान उत्रिएको थियो। - सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget