काठमाडौं,साउन २८ गते । अमेरिकी सिमोन म्यानुअल र क्यानडाकी पेन्नी ओलेक्सियाकले रियो ओलम्पिकको पौडीतर्फ महिला १०० मिटर फि्रस्टाइलमा संयुक्त स्वर्ण जितेका छन् ।

उल्लेखनीय रुपमा एकै समयमा निर्धारित दूरी ५२.७० सेकेण्डमा पूरा गरेका उनीहरुले नयाँ ओलम्पिक कीर्तिमान समेत राखेका छन् ।
२० बर्षीया म्यानुअल ओलम्पिक इतिहासमै पौडीतर्फ पहिलो स्वर्ण जित्ने अश्वेत खेलाडी हुन् । त्यस्तै १६ बर्षीया पेन्नी भने जारी ओलम्पिकमा पौडीतर्फ स्वर्ण जित्ने पहिलो क्यानेडियन खेलाडी हुन् ।
यस स्पर्धामा स्वीडेनकी सारा जोस्ट्रोमले काश्य पदक जितिन् । अष्ट्रेलियाली दिदी-बहिनी ब्रोन्टी र केट च्याम्पवेल क्रमसः चौथा र छैटौं भए । ५० मिटरसँा यी दिदी-बहिनी पहिलो र दोस्रो स्थानमा थिए । तर त्यसपछि अमेरिकी र क्यानडाली खेलाडीले उत्कृष्ट पुनरागमन गरे ।
दुई खेलाडीलाई संयुक्त रुपमा स्वर्ण पदक यसअघि सन् २००० को ओलम्पिकमा दिइएको थियो । जहाँ अमेरिकी खेलाडी गेरी हल र एन्थोनी एर्भिनले पुरुष ५० मिटर फि्रस्टाइलमा निर्धारित दूरी एकै समयमा पूरा गरेका थिए ।
पेन्नीले यसअघि १०० मिटर बटरफ्लाईमा रजत र रिले इभेन्टमा दुई काश्य जितिसकेकी छन् । उनी सन् २००० को जनवरी १ पछि जन्मेका खेलाडीमध्ये पहिलो स्वर्ण जित्ने ओलम्पियन पनि हुन् ।-अनलाइनखबरबाट

Post a Comment