Websoft University

www.radiomakalu.com || 021-522512


सूचनामा नागरिकको सहज पहुँच हुनुपर्छ : प्रधानमन्त्री

puspa kamal dahal prachanda_1

काठमाडौँ, भदौ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनामा नागरिकको सहज पहुँच स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपालमा सूचनाको हक सम्बन्धी कानुन लागू भएको दशवर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश दिँदै सूचनाको हक सम्बन्धी कानुन बमोजिम सार्वजनिक महत्वको सूचनामा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने बताउनुभयो ।

नागरिकको सूचनाको हकको सम्मान गर्न, कानुनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्न, सूचनाको वर्गीकरण गर्न, सूचनादाताको संरक्षण गर्न एवम् सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकारसहित सबै सार्वजनिक निकायले प्रतिवद्वता व्यक्त गरी काम गरेमा नै राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुने प्रधानमन्त्री दाहालले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

“सूचना दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र र कानुनद्वारा स्थापित सबै निकायले सूचनाको हक सम्बन्धी कानुनले निर्दिष्ट गरेको दायित्वलाई हुबहु पालना गर्न सबैको ध्यानाकर्षण गराउन चाहन्छु”–उहाँले सन्देशमा भन्नुभएको छ । रासस

सिंहदरबारबाटै सरकारको कामको अनुगमन गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताउनुभएको छ ।उहाँले भन्नुभयो–“औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा राखेको छु, अहिले म यसैमा केन्द्रित हुन थालेको छु ।”

प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई बधाई तथा शुभकामना दिन गएका सिन्धुलीका टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले संविधान संशोधन गरी निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन लागि परेको जानकारी दिनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सो अवसरमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनमा जाने र यसले देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

मित्रराष्ट्र चीन र भारतसित सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताउनुभएको सचिवालयले जनाएको छ । हाल उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा चीन र विमलेन्द्र निधि भारत भ्रमणमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) का हरिबोल गजुरेलसहित गएको टोलीले सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत थोरै भएको भन्दै राहत रकम वृद्धि गर्न माग गर्दै प्रम दाहालको ध्यानाकर्षण गराएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget