Websoft University

www.radiomakalu.com || 021-522512


सुकुम्वासीलाई आफ्नै कार्यकालमा जग्गाधनी पुर्जा : मन्त्री पाण्डे

bikram pandey

चितवन, भदौ ३ गते । भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले आफ्नो कार्यकालमा सुकुम्वासी नेपालीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउनुभएको छ ।आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अदालतमा विचाराधीन अवस्थामा रहेको सुकुम्वासी समस्या समाधान आयोगको मुद्दा सल्टाएर सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले राजनीतिकभन्दा पनि कानुनी उपचारको प्रक्रियाबाट सुकुम्वासी समस्या समाधान आयोग गठन गर्ने जानकारी दिनुभयो । नेपालमा बसेर जग्गाधनी प्रमाण पुर्जा नपाएका सुकुम्वासी नेपालीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । जनताको शक्तिलाई साथ लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीको समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले नारायणी र राप्ती नदीको कटान नियन्त्रण तथा सडक निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको बताउनुभयो । नारायणी र राप्ती नदीको तटमा सडक निर्माण गरी नदीको कटान नियन्त्रण तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो सोच रहेको उहाँले बताउनुभयो ।

कृषिप्रधान मुलुक नेपालमा कृषि उपजको उत्पादन गर्दै नेपालीलाई आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो । तीन दिनदेखि गृहजिल्लामा पाण्डे विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget