Websoft University

www.radiomakalu.com || 021-522512


खत्रीलाई छाडिदिन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ, साउन २० गते । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रधानमन्त्री दाहालका तर्फबाट उहाँका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गर्नुभएको हो ।

“लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भएकाले त्यसैको आधारमा पक्राउ गर्नु न्यायसङ्गत हुन नसक्ने भएकाले खत्रीलाई छाडिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । मैले सोही आधारमा प्रहरी महानिरीक्षकसँग कुरा गरे” प्रधानमन्त्री पुत्र दाहालले भन्नुभयो ।

प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget