Websoft University

www.radiomakalu.com || 021-522512


भारततर्फ फूल निर्यात गरेर लाखौं आम्दानी

Flower-expo4

पाल्पा, साउन २२ गते । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक २० लाख रूपैयाँ बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ ।


फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा व्यावसायिक फूलखेती गरिन्छ ।

नेपालका घरमा अहिले सजावट र होटल तथा पाहुनाको स्वागतका लागि पनि पाल्पामा हुर्किएको फूलको बिरुवा निर्यात भएको गुप्ता नर्सरी पाल्पाका प्रोपराइटर राजेश गुप्ताले बताए। अहिले मानिस सजिसजाउ घर, हरियो र रङ्गीचङ्गी आँगन भएको हेर्न चाहन्छन् गुप्ताले भने ।

पछिल्ला पाँच सात वर्षदेखि फूलको व्यापार फस्टाएको छ । २०÷३० लाखदेखि करोडौँको घर बनाउँदा फूल आगन, ढोका, गेस्ट रुममा राख्ने प्रचलन बढेको छ । पाल्पामा गर्मी र जाडो दुबै मौसममा फूल उत्पादन गर्न सकिने भएकाले यहाँको फुलमा उपभोक्ताको आकर्षण थपिएको गुप्ताले बताए ।

घर तथा आँगनमा फूलेको फूलले मानिसमा उत्साह थप्ने, निरासा हटाउने, स्वच्छ, सफा देखिने र मानिसलाई नै फूर्तिलो बनाउने गर्दछ । फूल नरुचाउँने मानिस सायद नहोलान् गुप्ता थप्नुहुन्छ ‘फूलले दृश्य हेर्नासाथ त्यसको आहारा, पानी, स्याहारको चिन्ता हुन्छ भने फुलले धेरै मानिसलाई हसिलो र पूर्तिलो बनाउँछ ।’

रुपन्देहीको ड्राइभरटोलमा २० वर्षदेखि फूलको व्यापार गर्दै आएको गुप्ता नर्सरी फार्मले गर्मी र अत्यधिक जाडोमा फुलको नर्सरी राम्रोसँग हुर्कने जनाएको छ । तानसेन प्रभास नजिकै रक्साहमा १३ रोपनी जग्गा लिजमा लिएर फुलको नर्सरी ह्ुर्काएर बुटवल, नारायणघाट, भैरहवा, दाङ्, चितवन, नौतनवा, गोरखपुरमा समेत फुलको बिरुवा निर्यात हुने गरेको छ ।

पाल्पाबाट सयपत्री, पिटोनिया, डेन्थस, भर्विना, एन्थेनियम, पेन्जी, जेरनियम, भीङ्का, डालिया, गोदावरीलगायत २० थरीका फुल निर्यात हुने गरेको छ । प्रोपराइटर गुप्ताले एक हजार बिरुवा राखेकामा नौँ सय बिरुवा पाल्पामा राम्रोसँग हुर्कने र त्यसबाट कुल आम्दानीको ४५ प्रतिशतसम्म नाफा लिन सकिने बताए ।

हाइब्रिड जातको फूलको व्यावसायिक खेतीबाट खर्च कटाएर ४५ प्रतिशत नाफा गर्न सकिने र यसको बजार सम्भावना जताततै बढ्दै गएको उनले बताए।

हाइब्रिड जातको फूलमा धेरै फूल लाग्ने बोट सानो हुने भएकाले सजावट छरितो हुने, बोट नभाँचिने र फूलले घरलाई उज्यालो बनाउने फूल व्यवसायी बताउँछन् ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget