Websoft University

www.radiomakalu.com || 021-522512


सलमान खानले बनाए प्रेमिकाको स्केच


salman


बलिउडका ‘सुल्तान’ भनेर चिनिने सलमान खानभित्र अभिनय कलाबाहेक अन्य थुप्रै कला लुकेका छन् । त्यही लुकेका कलालाई उनले एक पछि अर्को गरी सार्वजनिक गरिरहेका छन् । ‘मे हुँ हिरो’ भन्ने गीतमार्फत उनले आफ्नो गायन कलालाई उजागर गरिसकेका छन् भने भर्खरै उनले आफूभित्र भएको स्केचको क्षमता पनि दर्साएका छन् ।

सलमानले आफ्नो स्केचको कलालाई आफ्नी कथित प्रेमिका यूलियालाई प्रभावित गर्नका लागि बनाएको बताइएको छ । यूलियाले सलमानले बनाएको यो स्केचलाई आफ्ना प्रशंसकहरुमाझ साझा गरेकी छिन् । उनले फोटो साझा गर्दै लेखेकी छिन्, ‘एक सेकेन्डका लागि आफूलाई कुनै अपरिचितको आँखाबाट हेर्नुहोस्, आफ्ना केही प्रिय मानिसको आँखाबाट हेर्नुहोस्, आफ्नो पुरानो साथीको आँखाबाट हेर्नुहोस्….. भिन्न भिन्न दृष्टिकोण ।’

हुन त यूलियाले उक्त फोटो सलमानले नै बनाएका हुन् भनी पुष्टि गरेकी छैनन । तर उनको जन्मदिनमा सलमान खान आफैंले उक्त स्केच बनाएर यूलियालाई उपहार दिएको स्रोतले दाबी गरेको छ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget