Websoft University

www.radiomakalu.com || 021-522512


भारतमा साढे ७ प्रतिशतको आर्थिक वृद्धि

 

नयाँ दिल्ली (भारत) , । चालू आर्थिक वर्ष सन् २०१६/१७ मा भारतको अर्थतन्त्र साढे ७ प्रतिशतले बढ्ने एक प्रतिवेदनमा बताइएको छ । विश्वव्यापी वित्तीय सेवा प्रदायक संस्था दोयचे बैङ्कले बताएअनुसार भारतीय अर्थतन्त्र साढे ७ प्रतिशतले बढ्ने र यो यसअघि गरिएको ७ दशमलव ६ प्रतिशत वृद्घि अनुमानको तुलनामा कम हो । भारतको आर्थिक आधारहरू लगातार कमजोर बनिरहेका कारण वृद्घि घट्ने बैङ्कको भनाइ छ ।
यो वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा पर्चेजिङ म्यानेजर्स इण्डेक्स (पीएमआई), औद्योगिक उत्पादन, गैरतेल र गैरसुनजन्य आयातजस्ता भारतको प्रमुख वृद्घि सूचकमा आएको कमीका कारण यस्तो अनुमान गरिएको हो । यससँगै यो वर्षको अप्रिल–जुन त्रैमासमा त्यहाँ मुद्रास्फीतिको दबाबमा समेत वृद्घि भएको बैङ्कको विश्लेषण छ । भारतको केन्द्रीय बैङ्कले हालै मात्र गरेको एक प्रक्षेपणअनुसार यो आव र आगामी आवमा अर्थतन्त्र क्रमशः ७ दशमलव ६ प्रतिशत र ७ दशमलव ८ प्रतिशतले बढ्छ ।
यो सर्वेक्षण मे महीनामा गरेका कारण यसले बे्रक्जिटले आर्थिक वृद्घिमा पार्ने उँधोगतिको प्रभावलाई भने केलाएको छैन । ‘ब्रेक्जिटपछि विश्वमा बढिरहेको आर्थिक अनिश्चय र कमजोर वृद्घिका कारण ७ दशमलव ८ प्रतिशत रहेको आर्थिक वृद्घि प्रक्षेपणलाई पुनरवलोकन गर्दै ७ दशमलव ६ प्रतिशतमा ओरालिएको छ,’ प्रतिवेदनमा भनिएको छ । बे्रक्जिटले भारतीय अर्थतन्त्रमा पार्ने प्रत्यक्ष प्रभाव त्यति सान्दर्भिक नभएको बताइएको छ ।
तर पनि ब्रेक्जिटले विश्व अर्थतन्त्रमा ल्याएको अनिश्चय र कमजोर वृद्घिको समय लम्ब्यायो भने थोरै मात्रामा भए पनि भारतीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । अन्तरराष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको विश्व आर्थिक वृद्घिको परिदृश्यअनुसार यो आव र अर्को आवमा भारतीय अर्थतन्त्र ७ दशमलव ४ प्रतिशतले बढ्नेछ । यो वर्षको पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र ७ दशमलव ९ प्रतिशतले बढेको थियो । सो अवधिमा म्यानुफ्याक्चरिङ क्षेत्रमा भएको उल्लेख्य वृद्घिले अर्थतन्त्र बढ्न सहयोग पुगेको बताइएको छ । रासस/पीटीआई
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget