Websoft University

www.radiomakalu.com || 021-522512


बैङ्कमा थुप्रियो पौने ४ सय किलो सुन

 



काठमाडौं , साउन १७ गते । चैत तथा असार महीनामा सुननै आयात नभए पनि बैङ्कमा ३ सय ७१ ग्राम सुन थन्किएको छ । सुन आयात नहुँदा पनि आयात भएको सुनसमेत विक्री नहुँदा पनि बैङ्कमा सुन थन्किएको विषयमा आइतवार भन्सार विभागमा बैठक बसेको थियो । बैठकमा नेपाल राष्ट्र बैङ्क, राजस्व अनुसन्धान विभाग तथा सुनचाँदी व्यवसायीसँग गरिएको छलफलमा भएको महानिर्देशक ढुङ्गानाले बताए । ‘२ महीना सुन आयात नै नभएको र अन्य महीनामा आएको सुनसमेत विक्री नभएपछि सत्य तथ्य बुझ्न व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरिएको हो,’ उनले भने ।

छलफलमा संलग्न नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुन विक्री नभएका कारण बैङ्कमा सुन थन्किएको र व्यवसायीले साना साना परिमाण (१ सय ग्राम) मा पनि सुन किन्न पाउने व्यवस्था मिलाइदिन माग गरेका बताए । विदेशबाट फर्कदा ल्याउन गरेको ५० ग्राम ढिक्का सुन आर्थिक विधेयक २०७३ ले ल्याउन नपाउने व्यवस्था गरेपछि साना व्यवसायीले सुन किन्न नसकेको शाक्यले बताए । हाल व्यवसायीले १ किलोभन्दा कम सुन खरीद गर्न नपाउने व्यवस्था छ । बजारमा सुनको भाउ आकाशिएसँगै सुन बजार ओरालो लागेको छ । शाक्यका अनुसार हाल दैनिक १० किलो सुन पनि खपत हुँदैन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget