Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेसका १३ जना मन्त्रीको नाम सिफारिस, शपथग्रहण आज



काठमाडौँ, भदौ १० गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको तर्पmबाट सरकारमा सहभागी १३ जना मन्त्रीहरूको नाम सिफारिस गर्नुभएको छ । सिफारिस गरिएका मन्त्रीहरूको नामावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा बुझाइएको छ ।
काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रministersबार बिहान ९ बजे मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।
सरकारमा अब काँग्रेसका तर्फबाट मन्त्रीको सङ्ख्या १५ पुगेको छ । सुरुमा काँग्रेसले १३ वटा मन्त्रालय पाउने सहमति भएको कुरा बाहिर आए पनि काँग्रेसले १५ मन्त्रालय लिएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गोरखापत्रलाई दिनुभएको जानकारीअनुसार, काँग्रेसले सिफारिस गरेका मन्त्रीहरूमा अर्जुननरसिंह केसी शहरी विकास, डा. प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, रोमी गौचन थकाली वाणिज्य, सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, दीपक गिरी सिँचाइ, नवीन्द्रराज जोशी उद्योग, शङ्कर भण्डारी वन तथा भूसंरक्षण, गगनकुमार थापा स्वास्थ्य तथा जनसङ्ख्या, हृदयराम थानी सहरी विकास तथा गरिबी निवारण हुनुहुन्छ ।
केन्द्रीय सदस्य केसीले यसअघि दुई पटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । केन्द्रीय सदस्य डा. महत पनि यसअघि विदेश राज्यमन्त्री र ऊर्जामन्त्री भइसक्नु भएको छ । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका महत नेविसङ्घको पूर्वमहामन्त्री भइसक्नुभएको छ र उहाँ २०३६, २०४६ र २०६२÷०६३ सालको आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । गुरुङ यसअघि छोटो समयका लागि मन्त्री हुनुहुनुभएको थियो । थकाली यसअघि सहायक मन्त्री हुनुहुन्थ्यो । पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, दीपक गिरी, शङ्कर भण्डारी, गगनकुमार थापा, हृदयराम थानी पहिलो पटक मन्त्री बन्नुभएको हो ।
काँग्रेसले १५ जना मन्त्री सिफारिस गर्दा सीतादेवी यादव एक जनामात्र महिला मन्त्री हुनुहुन्छ भने दलितको प्रतिनिधित्व छैन । प्रदेशको हिसाबले सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट ४ जना मन्त्री भएका छन् । मन्त्रीमा हुने ससुरा ज्वाइँ (अर्जुननरसिंह केसी र गगन थापा) पनि हुनुहुन्छ । काठमाडौँ उपत्यकाबाट २०६२÷०६३ सालका चर्चित युवा नेता गगन थापा पहिलोपटक मन्त्री बन्न सफल हुनुभएको छ । उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व महामन्त्री हुनुहुन्छ । यस्तै, काठमाडौँ महानगरपालिका पूर्वउपमयेर तथा नेविसङ्घको पूर्वमहामन्त्री नवीन्द्रराज जोशी मन्त्री हुनुभएको छ । त्यसो त बालकृष्ण खाँड पनि नेविसङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ र उहाँले यसअघि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । काँग्रेसका मन्त्रीहरू अधिकांश केन्द्रीय सदस्य छन् । काठमाडौँबाट थापा र जोशी तथा नुवाकोटबाट केसी र महत गरी दुईदुई जना मन्त्री हुनुभएको छ ।
काँग्रेसले नियुक्त गरिएका मन्त्रीहरूमा नयाँ र पुराना दुवै अनुहार छन् । काँग्रेसले सातवटै प्रदेशबाट मन्त्रीहरूको नाम सिफारिस गरे पनि जातीय सन्तुलन मिलेको देखिँदैन । राज्यमन्त्री नियुक्ति हुँदा ध्यान दिइने जानकारी नेताहरूले दिनुभएको छ ।
मन्त्रीहरू नियुक्त गर्नुअघि सभापति देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्का नेता खुमबहादुर खड्कासँग परामर्श गर्नुभएको थियो । काँग्रेसले यसअघि पार्टीको विमलेन्द्र निधि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रमेश लेखकलाई सरकारमा पठाइसकेको छ । नयाँ मन्त्रीमध्ये देउवा निकट छ, पौडेल निकट पाँच छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget