Websoft University

www.radiomakalu.com || 021-522512


भोजपुरमा रुट पर्मिटका लागि सिफारिस

local-bus
फाइल फोटो
भोजपुर,भदौ १० गते । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्षेत्रीय कार्यालयमा जिल्लाको सडकको यथार्थ विवरणको सिफारिस पठाएको हो ।

जिल्लामा सञ्चालनमा रहेका १० भन्दा बढी सडकको नाम, सडकको लम्बाइ, कस्ता खालका सवारीसाधन सञ्चालन गर्न सकिने, सडकमा सञ्चालन हुने यातायातका साधनमा लाग्ने यथार्थ भाडादर साथै वर्षमा सञ्चालन हुने सडकको समयावधिसमेत उल्लेख गरी जानकारीका लागि पठाइएको हो ।

जिल्लामा सञ्चालन भएका सडकमा लेगुवा–भोजपुर सडकखण्ड ६६ किलोमिटर, भोजपुर– चखेवा ४२ किलोमिटर, भोजपुर–ओख्रे ३४ किलोमिटर, भोजपुर–लेखर्क २३ किलोमिटर, भोजपुर–मानेभन्ज्याङ ३० किलोमिटर सडकखण्डको विस्तृत विवरण पठाइएको हो ।

यसैगरी, जिल्लामा सञ्चालनमा रहेका भोजपुर–दिंला ३९ किलोमिटर, दिंला–सतिघाट १७ किलोमिटर, भोजपुर–घोरेटार–रानीबास ५६ किलोमिटर र भोजपुर–बैकुण्ठे सडकका लागि पनि रुट पर्मिट निर्धारण गर्न सिफारिस गर्ने तय भएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।

सिफारिस भएपछि यातायात व्यवसायीले रुट पर्मिट इजाजतपत्र लिएर मात्र सवारीसाधन चलाउनुपर्ने भएको छ ।

अस्थायी रुपमा दिन लागिएको इजाजतपत्र स्थायीरुपमा दिनसके थप प्रभावकारी हुने संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget