Websoft University

www.radiomakalu.com || 021-522512


बाढीको उच्च जोखिममा सदरमुकाम दुनै



डोल्पा,वर्षा यामको सुरुवात सँगै डोल्पा सदरमुकाम दुनैमा बाढीको उच्च जोखिम रहेको छ । सदरमुकामको छेउमै पर्ने ठूलो भेरीमा पानीको बहाव औसत भन्दा धेरै बढेपछि सदरमुकामनै उच्च जोखिममा परेको हो ।




नदी किनार आसपासमा रहेका घर बाढीको उच्च जोखिममा रहेका छन् । पानी पर्दा बाढीबाट ज्यान जानसक्ने डरले सर्वसाधारण राति सुःखसँग सुत्न नपाएको स्थानीयवासीको गुनासो छ ।



साउन र भदौ दुई महिनामा रातभर नदीको गड्याङगुडुङले निन्द्रा बिथोलिने गरेको स्थानीयवासी ओम मगरले बताउनुभयो ।

हरेक वर्ष वर्षा यामसँगै ठूलो भेरीमा बढ्ने नदीको बहावले आसपासका दर्जनौँ घरमा क्षति पु¥याउने गरेको मगरले बताउनुभयो ।
नदी तटबन्धनका लागि वार्षिक लाखाँै रुपैयाँ बराबरको रकम जिल्ला विकास समितिलगायत विभिन्न निकायले विनियोजन गर्ने गरेपनि यसको सही सदुपयोग हुन नसकेको स्थानीय बासिन्दाले बताए ।

ठूलो भेरीको मार्गमा रहेको सदरमुकाम दुनै कुनै पनि बेला बाढीको चपेटामा पर्ने निश्चित रहेकाले सतर्क रहनुपर्ने स्थानीयवासी लोकेश खत्रीले बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget