Websoft University

www.radiomakalu.com || 021-522512


विधिसम्मत ढङ्गले निर्णय लिन सभापति देउवालाई आग्रह



काठमाडौँ, साउन १८ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले महत्वपूर्ण विषयमा विधिसम्मत ढङ्गले निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुको आज अनामनगरमा बसेको बैठकले पार्टी र सरकारका विषयमा निर्णय लिँदा पार्टीभित्र विधिसम्मत र चित्तबुझ्दो ढङ्गले सबैलाई समेटेर निर्णय प्रक्रियामा पुग्न आग्रह गरेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, डा शेखर कोइरालालगायतका नेता सहभागी हुनुभएको थियो ।
पार्टीका तर्फबाट मन्त्रिमण्डलमा सहभागिता जनाइँदा आफ्नो पक्षको सम्मानजनक सहभागिता नभए नजाने पक्षमा ती नेताहरु रहेको बताइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget