Websoft University

www.radiomakalu.com || 021-522512


स्मार्टफोन क्यामेराका लागि ९ स्मार्ट ट्रिक्स.

पृथक् तथा रोचक तस्वीर खिच्न विशेष उपयोगी

सुरज महर्जन

सुरज महर्जन ,

आजभोलि सबैजना आफूसँग हाई कन्फिग्रेशनसहितको स्मार्टफोन होस् भन्ने चाहन्छन् । साथै, यस्ता फोन प्रयोगकर्तामैत्री (युजर फ्रेण्ड्ली) तथा तिनमा अत्याधुनिक फिचर्स होस् भन्ने पनि सबैको चाहना हुन्छ । तर, यस्ता फोन खरीद गरेपछि पनि अधिकांश मानिस फोनमा उपलब्ध सबै फिचर्सको प्रयोग गर्न भने सक्दैनन् । यो कुरा स्मार्टफोनको क्यामेरामा पनि लागू हुन्छ ।

स्मार्टफोन प्रयोगकता आफ्नो क्यामेरामा उच्च मेगापिक्सेल क्षमताको क्यामेरा होस् भन्ने चाहना राख्छन् । उत्कृष्ट गुणस्तरको तस्वीर स्मार्टफोनबाटै लिन सकियोस् भन्ने सोचका साथ अहिले अधिकांश उत्पादकले यसमा विशेष ध्यान दिने गरेका छन् । तथापि, जानकारीको अभावमा प्रयोगकर्ताले यसको पूर्ण उपयोग गर्न चाहिँ सकेका हुँदैनन् । यही अवस्थालाई ध्यानमा राखी स्मार्टफोनको क्यामेरा प्रयोग गर्ने केही तरीका यहाँ प्रस्तुत गरिएको छ :

पिनहोल इफेक्ट
स्मार्टफोनको क्यामेराबाटै निकै सहज रूपमा पिनहोल इफेक्ट ल्याउन सकिन्छ । यसका लागि कार्डबोर्डको एक टुक्रा लिनुहोस् र थम्बिपिनको मद्दतले त्यसमा सानो प्वाल पार्नुपर्छ । यसरी थम्बपिनको माध्यमबाट पारिएको प्वाल ठीक स्मार्टफोनको क्यामेरामा मिलाएर सेट गर्नुपर्छ । यसरी सेट गरिसकेपछि क्यामेरामा उपलब्ध विभिन्न अप्शनको प्रयोग गरी निकै आकर्षक तस्वीर लिन सकिन्छ । पिनहोल इफेक्टको एक नमूना यहाँ प्रस्तुत गरिएको छ :


रेट्रो लुक
अहिले इन्स्टाग्राम प्रयोगकर्ताहरूमाझ रेट्रो लुक निकै लोकप्रिय रहेको छ । तर, धेरैलाई थाहा नहुन सक्छ, साधारण उपाय अपनाएरै इन्ष्टाग्रामको प्रयोगविना पनि साधारण स्मार्टफोन क्यामेराबाटै रेट्रो लुक ल्याउन सकिन्छ । यसका लागि एउटा सेतो रङको कार्डबोर्ड लिनुहोस् । यसलाई एउटा फ्रेमको आकारमा काट्नुहोस् । यसो गर्दा फ्रेमको एक साइड भने केही बाक्लो हुनु आवश्यक छ । तस्वीरमा दिइएझैं बाँकी तीन साइड भने पातला नै राख्नुहोस् । अब तस्वीर खिच्दा भने मुख्य विषयलाई केही बाहिर आइरहेको जस्तो देखाएर खिच्नुहोस् । यति गर्दा साधारण स्मार्टफोनको क्यामेराबाटै सहज रूपमा विषयलाई रेट्रो लुकमा खिच्न सकिन्छ ।



शटर रिलिजका रूपमा हेडफोन
स्मार्टफोनमा रहेको क्यामेराको शटर स्पिड व्यवस्थापनका लागि सेटिङमा गएर हेडफोनको प्रयोग पनि गर्न सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । साधारण सेटिङ व्यवस्थापन गरी एयरफोनलाई ट्रिगरका रूपमा प्रयोग गर्न सकिन्छ । यसरी गर्दा सेल्फी, पोट्रेटलगायत कार्यका लागि निकै काम लाग्छ ।



बारकोड स्क्यानरका रूपमा प्रयोग
मोबाइलमा रहेका क्यामेराकै माध्यमबाट उपभोक्ताहरू अहिले उत्पादनमा दिइएका बारकोड पढ्न सक्छन् । स्मार्टफोनका लागि एप विकास गर्ने विकासकर्ताले यसका लागि विभिन्न एपको विकास गरेका छन् । बारकोड स्क्यान गरी तिनको बारेमा जान्न इच्छुक प्रयोगकर्ताले यी एप गुगल प्लेस्टोरलगायतबाट सहजै डाउनलोड गर्न सक्छन् ।


 क्लोन बनाउनु
स्मार्टफोनमा  उपलब्ध अधिकांश क्यामेरामा अहिले पानारोमा फिचर पनि उपलब्ध रहेका छन् । तर, धेरैलाई यसको माध्यमबाट आफ्नै क्लोन बनाएर तस्वीर लिन सकिन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । चलचित्रमा देखाइने डबल रोलजस्तै सानो आकारको भिडियो बनाउन पनि यो इफेक्टको मद्दत लिन सकिन्छ ।



पानोरामा
आजभोलि हरेक निर्माताले स्मार्टफोनमा पानोरामा फिचर उपलब्ध गराएका छन् । यो फिचर ठूला तथा फराकिला सट लिनका लागि निकै उपयोगी हुन्छ । यसले क्यामेरा चलाउँदै गर्दा खिचिएका सट जोडिँदै जान्छ र नतीजाका रूपमा एउटा ठूलो फराकिलो भ्यूसहितको तस्वीर निर्माण हुन्छ । पहिले विशेष डिजिटल क्यामेरामा मात्र उपलब्ध हुने यो फिचर अहिले स्मार्टफोन प्रयोगकर्तामाझ विशेष लोकप्रिय छ ।



पुराना नेगेटिभ डिजिटाइज गर्न
स्मार्टफोनमा रहेको क्यामेराका लागि दिइएको फिचरको प्रयोग गरी पुराना नेगेटिभलाई डिजिटाइज गर्न सकिन्छ । यसका लागि क्यामेरामा दिइएको नेगेटिभ इफेक्टको प्रयोग गर्नु पर्याप्त रहेको छ । यदि फोनमा रहेको क्यामेरामा यो फिचर छैन भने पनि आत्तिहाल्नु पर्दैन । किनकि, प्लेस्टोरमा रहेका विभिन्न एपमार्फत पनि यसको सहजै प्रयोग गर्न सकिन्छ । यसको माध्यमबाट साधारण तस्वीरलाई नेगेटिभ तथा पुराना नेगेटिभलाई साधारण तस्वीरका रूपमा समेत हेर्न तथा प्रयोग गर्न सकिन्छ ।



तस्वीर खिच्न भोल्युम बटनको प्रयोग
तस्वीर खिच्न स्मार्टफोनको स्क्रिनमा क्लिन गरिरहनुपर्दा अधिकांशलाई झन्झट लाग्ने गरेको पाइएको छ । यसो हो भने यसको समाधान पनि छ । साधारण क्यामेरामा जस्तै स्मार्टफोनमा रहेको भोल्युम बटनको प्रयोग गरी पनि तस्वीर खिच्न सकिन्छ । झन् यसको प्रयोग फ्रण्ट तथा रियर दुवै क्यामेराका लागि निकै सहज रूपमा गर्न सकिन्छ । यसका लागि सेटिङमा गई साधारण परिवर्तन वा दिइएको फिचर छनोट गर्नुपर्ने हुन्छ ।



टेलिस्कोप
टाढाको तस्वीर लिनुपर्दा स्मार्टफोनबाट जुम गर्दा तस्वीर धमिलो हुनु स्वाभाविक हो । यसले आजित हुनुभएको छ भने यसका लागि पनि उपाय छ । दुरविन वा टेलिस्कोपमा रहेको लेन्सको प्रयोग गरी स्मार्टफोनबाटै पनि टाढाका वस्तुको उत्कृष्ट तस्वीर लिन सकिन्छ । यसका लागि दुरविन वा टेलिस्कोपमा रहेको भ्युफाइण्डरमा क्यामेराको लेन्स जोडेर आवश्यक वस्तुमा फोकस गरी स्मार्टफोनमा जुम फिचरको प्रयोग नगरी तस्वीर लिनपर्ने हुन्छ । टाढाका विषयलाई नजिक ल्याउन क्यामेराको स्थानमा टेलिस्कोप वा दुरविनमा रहेको लेन्सबाटै जुम गर्नुपर्छ । (एजेन्सी)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget