Websoft University

www.radiomakalu.com || 021-522512


सौर्य ज्वाला स्वाभाविक, आत्तिनु पर्दैन

काठमाडौँ, साउन १७ गते । आफ्नो ११ वर्षे सक्रिय चक्र समापन नजिक पुग्दा सूर्यले निभ्न लागेको बत्तीको उज्यालोभैmँ भयङ्कर सौर्य ज्वाला अन्तरिक्षमा उछिट्ट्याएको छ ।
सन् २०१६ को सबैभन्दा ठूलो यस सौर्य ज्वालालाई लिएर सामाजिक सञ्जालमा केही भ्रम पैmलाइएको पनि छ । बुझ्दै नबुझेर भ्रम पैmलाउने काम दुई वर्षपहिले पनि गरिएको थियो । सन् २०१४ अक्टोबर–नोभेम्बरको सौर्य ज्वालाले छ दिन पृथ्वीमा पूर्ण अन्धकार हुने र सृष्टिमा गम्भीर सङ्कट आउने हल्ला चलाइयो । त्यसो नभए पनि सो सौर्य ज्वाला निकै ठूलो थियो ।
सूर्यलाई नियालिरहेको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)को भूउपग्रहले सोलार डायनामिक्स अब्जरभेटरी (एसडीओ)ले खिचेको भिडियोमा सूर्यको गतिविधि एक्कासि बढेको देखिन्छ । साउन ७ र ८ गते सूर्यबाट तीनपटक मध्यम शक्तिका सौर्य ज्वाला अन्तरिक्षमा फैलिए ।

नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा खगोलविद् ऋषिविक्रम शाह यस सौर्य ज्वालाबाट डराउनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । “यो सूर्यमा भइरहने प्रक्रिया हो । त्यसमा पनि सूर्यको सक्रिय चक्र उत्कर्षमा छैन, बरु सकिँदैछ । हामीले अनिष्ट हुने भ्रममा पर्नु हुँदैन”, उहाँले प्रतिक्रिया दिनुभयो ।
वैज्ञानिकहरूले पनि सूर्यको ११ वर्षसम्म चल्ने सक्रिय चरण सकिन लागेको र अहिलेको सौर्य ज्वाला मध्यमस्तरको भएको बताएका छन् ।
नासाले अहिलेको अवस्थालाई स्पष्ट पार्दै आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ, “यी सौर्य ज्वालालाई एम–श्रेणीको ज्वाला वर्गीकृत गरिएको छ । सबैभन्दा खतरनाक ज्वाला एक्स–श्रेणीभन्दा तल्लोस्तरमा एम–श्रेणी पर्छ । ”
यसपटक सूर्यबाट निस्केको सौर्य ज्वाला शुक्रबार राति पृथ्वीमा ठोक्किएको थियो । अझ बढी शक्तिशाली दोस्रो ज्वाला शनिबार पृथ्वीको बाह्य मण्डलमा आइपुग्यो । यसैगरी केही कमजोर तेस्रो ज्वाला दोस्रोको करिब १५ मिनेटपछि पृथ्वीमा ठोक्किएको नासाले जानकारी दिएको छ ।
“पृथ्वीको भूचुम्बकीय सुरक्षा कवचले अत्यन्त घातक सौर्य ज्वालाबाट हाम्रो रक्षा गर्छ, त्यसमा पनि उत्तरी ध्रुवको माथिल्लो वायुमण्डलमा यसको केही असर देखिन्छ, हामी सुरक्षित छौँ, डराउनु पर्दैन”, खगोलविद् शाह भन्नुहुन्छ ।
सूर्यको गतिविधि बढेमा हामीले सचेत हुनुपर्ने अवस्था मुख्य रूपमा दुई पक्षमा निर्भर रहन्छ । सौर्य ज्वाला अन्तरिक्षमा फैलिएर मात्र हुँदैन, कोरोनल मास इजेक्सन पनि हुनुपर्छ । कोरोनल मास इजेक्सन भए मात्र अन्तरिक्षबाट घातक विकिरण पृथ्वीतिर बढ्छ । ११ वर्षे सौर्य चक्र उच्च बिन्दुमा हुँदा सूर्यमा निकै ठूलो दाग देखिन्छ र भयङ्कर ज्वाला उत्पन्न हुने गर्छ ।
दागबाट नै कोरोनल मास इजेक्सन हुन्छ । यसो हुँदा सूर्यबाट अर्बौं टन खतरनाक आवेशित कण अन्तरिक्षमा फैलिन्छन् । निकै वेगमा रहने ती कणले पृथ्वीको माथिल्लो वायुमण्डलमा ठोक्किएर उत्तरी र दक्षिण धु्रवीय क्षेत्रमा अरोरा (रङ्गीचङ्गी उज्यालो) पनि सिर्जना गर्छन् । कोरोनल मास इजेक्सन उत्पन्न हुँदा अन्तरिक्षमा ठूलो मात्रामा एक्स रे, गामा लगायतका कण फैलिन्छन् । पृथ्वीको माथिल्लो वायुमण्डल र चुम्बकीय क्षेत्रमा ती कण ठोक्किएर सञ्चार प्रणाली आदि अवरुद्ध हुन सक्छ ।
ग्यासले बनेको सूर्यमा ९२.१ प्रतिशत हाइड्रोजन र ७.८ प्रतिशत हिलियम ग्यास छ । निरन्तर ग्यासको विस्फोट भइरहनेबाहेक सूर्यमा चुम्बकीय गुण कोरोनल मास इजेक्सन पनि बन्छ ।
“सौर्य ज्वालाबाट आउने आवेशित कणका प्रभावले भूउपग्रह र जीपीएसको सङ्केत अवरुद्ध हुने तथा रेडियो र टेलिभिजनलगायतका सञ्चार प्रणालीमा केही प्रभाव पर्न सक्छ तर हामीले सर्वनाश नै हुने ठान्नु हुँदैन”, प्राज्ञ शाह प्रतिक्रिया दिनुहुन्छ ।
पृथ्वी वरिपरि रहेको चुम्बकीय क्षेत्रले ती कणलाई निस्तेज पारिदिन्छ र ती कण भूसतहसम्म आइपुगेर हामीलाई प्रभाव पार्ने सम्भावना रहँदैन । तर यसपटक सञ्चार प्रणालीलाई प्रभाव परेन र उत्तरी ध्रुवमा अरोरासमेत देखिएको छैन ।
पहिलोपटक सन् १८५९, सेप्टेम्बर १ मा रिचर्ड केरिङ्टन र रिचर्ड हज्सनले सौर्य ज्वाला पत्ता लगाएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget