डा. केदार कार्की
पृष्ठभूमि :
लेप्टोस्पाइसिस पशुबाट मानिसमा सर्ने बढी प्रचलित जीवाणुजन्य रोग मानिन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यसको विस्तृत प्राज्ञिक अध्ययन अनुसन्धान एवम् अभिलेखीकरण गर्नुपर्ने भनी औँल्याएको छ । यस रोगको स्थिति विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट सालिन्दा तीनदेखि पाँच लाखसम्म मानिस ग्रसित हुने गरेको र जसमध्ये ३० प्रतिशतले मृत्युवरण गर्ने गरेको प्राज्ञिक अभिलेख पाइन्छ ।
विभिन्नखाले पशुहरुका साथै मुसा तथा कुकुरले यस रोग लगाउने जीवाणु लेप्टोस्पाइरालाई आश्रय दिई पालेर राखेको पाइन्छ । जनसमुदाय त्यस्ता पशुको प्रत्यक्ष सम्पर्कमा आउँदा वा यी पशुले विसर्जन गर्ने पिसाबबाट प्रदूषित पानीका स्रोतका वातावरणको सम्पर्कमा पुग्दा रोग ग्रसित हुन पुग्छन् । त्यसैले पनि लेप्टोस्पाइरोसिसलाई मानिस, पशु अनि वातावरणबीच हुने अन्तत्र्रिmयाको प्रभावबाट उत्पन्न हुने संक्रामक रोगको उदाहरण मान्न सकिन्छ । जलवायुमा हुने परिवर्तनले यी तीन तत्वबीच हुने अन्तक्र्रियामा फरक पार्ने हुँदा यसको असर रोग देखिँदाको अवस्थाको मात्रा तथा घातकमा पनि फरक पार्न सक्छ । एउटा सहरको विकास दिगो रुपमा हुनका लागि त्यहाँका बासिन्दाको स्वास्थ्यस्थितिको अवस्था अति महत्वपूर्ण हुन आउँछ ।
अव्यवस्थित अनि अनियन्त्रित जनसंख्या वृद्धि र विस्तार तथा वातावरणमा हुने परिवर्तनलाई नियन्त्रण तथा सदुपयोग गर्ने हाम्रो क्षमता अभावका कारण हाम्रा सहरी जीवनशैलीले पर्यावरणमा पार्ने प्रभावको आँकलन गर्नु आवश्यक हुन आउँछ । जसले हाम्रा सहरी योजनाकार तथा व्यवस्थापकको ध्यान सहरी पर्यावरणमा तथा सहरी जनस्वास्थ्यको अन्तरसम्बन्धबारे ध्यान पुग्न जरूरी छ । पर्यावरणमा हुने परिवर्तनले धेरैखाले संक्रमण देखापर्न मद्दत गर्छ भने अव्यवस्थित सहरीकरण विकासले यसरी देखापर्ने संक्रामक रोगको महामारी रुप हुनमा सघाउने गर्छ । विकासोन्मुख मुलुकमा हुने अव्यवस्थित सहरीकरणका कारण जनस्वास्थ्यमा उल्लेखनीय असर पार्नुका साथै पानी, हावा तथा कीटजन्य तथा पशुजन्य संक्रामक रोग देखापर्ने गरेको पाइन्छ । अझ यसरी अव्यवस्थित रुपमा बसोबास गरेको क्षेत्रमा पर्याप्त भौतिक पूर्वाधार तथा सहरी सामुदायिक स्वास्थ्य सेवा एवम् सुविधा सर्वसुलभ नहुँदा यसले समस्या झन् जटिल बनाउँछ ।
लेप्टोस्पाइरोसिस प्रकोपमा वातावरणीय खेलाडी :
जनसमुदायमा लेप्टोस्पाइरोसिस रोग अव्यवस्थित तथा घातकतामा अनुकूल वा प्रतिकूल असर पार्ने वा सघाउने तत्वमा वर्षा, बाढी, गर्मी अपर्याप्त सहरी सरसफाइ, फोहोरमैला व्यवस्थापन तथा यस्तो वातावरणमा रोग ग्रसित हुन सक्ने जनावरको सम्पर्क हुनसक्ने सम्भावना हुन्छ । विश्वमा द्रुत गतिमा भइरहेको जलवायु परिवर्तन अनि अव्यवस्थित सहरीकरणका कारण माथि उल्लेख पृष्ठभूमि तयार पार्ने कारक तत्व पनि विनाशकारी रुपमा देखापर्न सक्छन्, जसले गर्दा अव्यवस्थित सहरीकरण भएका क्षेत्रका जनसमुदायमा यो रोग महामारीका रुपमा देखापर्ने जोखिम बढेर जान सक्छ । उष्ण जलवायु भएका विकासशील मुलुकको सहरी क्षेत्रमा अस्तित्वमा आउने सुकुम्बासी बस्ती अनि झुपडीपट्टिका जनसमुदाय पटक–पटक आउने बाढीका कारण हुने डुबान, गर्मी तथा तापक्रममा हुने वृद्धि, गरिबी, उच्च जनघनत्व, न्यून सरसफाइ, न्यून स्वास्थ्य सुविधा, उचित ढल निकास तथा सहरी फोहोर–मैला व्यवस्थापन अभावका साथै यस्तो वातावरणमा मुसाजन्य जीवको बिगबिगी हुनुका कारण यस्ता क्षेत्रमा बसोबास गर्ने जनसमुदाय लेप्टोस्पाइरोसिस रोगका कारण हुने अप्रत्याशित महामारीको उच्च जोखिममा रहने गर्छन् ।
दुर्गम बस्तीमा यस्तो अवस्था आए स्थिति झन् भयावह हुन सक्छ । मुसहर, थारु समुदायको त मुसाजन्य परिकार तिनको विशिष्ट मौलिक परिकारभित्र पर्छ । ती समुदायमा बसोबास हुने क्षेत्र न्यूनतम मानवीय भौतिक पूर्वाधारको कमी, शिक्षा, सचेतना कमी, गरिबी, अशिक्षाका कारण बढी जोखिममा पर्ने सम्भावना रहन्छ । लेप्टोस्पाइरोसिसबाट दुर्गम तथा ग्रामीण क्षेत्रमा महामारी नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोतको सीमितता अनि जनशक्ति अपर्याप्तताले समस्या झन् जटिल बन्न सक्ने देखिन्छ । यसबाहेक यस रोगले जनसमुदायको स्वास्थ्यमा असर पार्नेबाहेक सामाजिक दिगोपनलाई पनि धेरै किसिमले असर पार्न सक्छ । यो रोग महामारीका रुपमा देखापर्दा यसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा आर्थिक भार बढाउँछ ।
रोग देखिँदाको स्थितिमा बिरामीको स्वास्थ्य व्यवस्थापनका साथै यसको प्रभावको लामो समय व्यवस्थापन खर्च सामुदायिक जनस्वास्थ्य सेवा सञ्चालन बिरामी पर्दा जनसमुदायले काम गर्न नसकी आयआर्जन नहुँदाको आर्थिक क्षति प्रायःजसो यो रोगको महामारी सहरका अव्यवस्थित सुकुम्बासी बस्ती अनि झुपडी बस्तीमा हुने गर्छ । जहाँका जनसमुदायसँग वैधानिक बसोबासको प्रमाण पनि हुँदैन । जसले गर्दा आवश्यक सामाजिक नागरिक सेवा माग गर्न पनि सक्तैनन् । त्यसैले उनीहरु नै बढी जोखिममा पर्छन् । यसबाहेक यस रोगले सुँगुर, बंगुर अनि गाईमा पनि असर पार्ने हुँदा आयआर्जनमा समेत असर पुर्याउँछ । यसरी यो रोग फैलिँदा वन्यजन्तु प्रभावित हुन पुगे भने यसले प्राकृतिक जैविक विविधतामा पनि असर पार्ने गर्छ ।
बाढी, डुबान आउँदा प्रभाव :
अप्रत्याशित मौसमी परिवर्तन तथा जलवायुका कारण बाढी तथा डुबानलाई विश्वव्यापी रुपमा सधैँजसो भइरहने प्राकृतिक प्रकोपका रुपमा लिइएको छ । यो वर्षाको समयमात्र सतहमा जम्ने पानीको निकास व्यवस्था वाष्पीकरण, हावाहुरी, सामुद्रिक सतहको अवस्थिति, जलाधार क्षेत्रको क्षमता, स्थानीय भूबनोटका कारण हुने गर्छ । यसबाहेक सहरी विकास, कृत्रिम ताल, जल व्यवस्थापन, भूउपयोग, वनविनाश अनि कृषिप्रणालीले पनि माथिका घटना हुनमा सघाउँछ । ठूला सहर अप्रत्याशित रुपमा एकैछिनको वर्षापछि पनि डुबानमा पर्ने खतरा हुने गर्छ । यसको मुख्य कारण सिमेन्ट, कंक्रिटबाट बनेको बाटाघाटा, पार्किङस्थल अनि घना कंक्रिटबाट बनेका घनाबस्तीका कारण खुल्ला बोटबिरूवारहित जमिनका साटो पानी जमिनमा घस्रिन पाउँदैन ।
आर्थिक एवम् सांस्कृतिक कारणले पनि विश्वका प्रायः ठूला सहर कि त समुद्रकिनार वा नदीकिनारमा बसाइएको देखिन्छ । जुन बाढी तथा डुबानका उच्च जोखिममा रहने गर्छ । बाढी तथा डुबानका कारण जीवाणु मानिस, पशुपक्षी तथा वातावरणीय अन्तत्र्रिmयामा फरक प्रभाव पार्ने हुँदा त्यस क्षेत्रका जनसमुदाय लेप्टोस्पाइरोसिसको उच्च जोखिममा रहने गर्छ ।
बाढी तथा डुबानकै कारण हालका दिनमा विश्वका अनेक भू–भागमा महामारी हुने गरेको देखिन्छ । यसको मुख्य कारण बाढी तथा डुबानमा परेका जनसमुदायले आफ्नो सुरक्षित थातथलो छाडी खुल्ला आकाशमा जीवन बिताउनुपर्ने अवस्था छ । जसले ती जनसमुदाय विविध संक्रमण एवम् सरूवा रोगका जीवाणु, विषाणु तथा कीटजन्य परजीवीको संक्रमण एवम् आक्रमणमा पर्ने गर्छन् । यसबाहेक बाढी डुबानका कारण शुद्ध सफा पानी तथा सरसफाइ, फोहोर–मैला व्यवस्थापन तथा प्राथमिक स्वास्थ्य सेवाको सञ्जालसमेत अवरोध गर्ने हुँदा समुदाय रोगको जोखिममा पर्ने गर्छन् । यस्तो पृष्ठभूमिमा लेप्टोस्पाइरोसिस रोग यसरी विस्थापनमा परेका जनसमुदायमा देखिने जोखिममा रहन्छ । लेप्टोस्पाइरोसिस रोगको जनसमुदायमा देखिने अवस्थिति भिन्नभिन्न वातावरणीय अवस्थाअनुसार फरक हुने गर्छ । यसको प्रसारणलाई मौसमी घटना, वातावरणीय तत्व, पशुको किसिमको जनघनत्व जसले यो जीवाणुलाई आश्रय दिन्छन्, समुदायमा जनसंख्याको बनोट अनि बसोबास व्यवस्थापनको अवस्था सामाजिक रीति, चलन, सांस्कृतिक एवम् पौराणिक चलनले प्रभाव पार्ने गर्छ । तसर्थ, यस रोगबारे समुदायमा अवस्थितको सूक्ष्म आँकलनका लागि समुदायमा रोग अवस्थित अध्ययन विज्ञान जनस्वास्थ्य चिकित्साकर्मी भेटरीनेरियन प्रयोगशालविज्ञ, जनस्वास्थ्यविज्ञ, समाजशास्त्री, पर्यावरण तथा वातावरण विज्ञ, समाज विकासविज्ञ, जल व्यवस्थापन, वास्तुशास्त्री तथा निर्माणविज्ञ सम्मिलित समूहले अन्तर विषय समेटिएको विज्ञको समूहले गर्दा यसको बेलैमा नियन्त्रण गर्ने कार्ययोजना तयार हुन सक्छ । अझ यसमा सामेल हुने विज्ञ पहिल्यै लेप्टोस्पाइरोसिस देखिएको क्षेत्रबाट हुँदा अति उत्तम हुने देखिन्छ ।
रोकथामका उपाय :
यस रोग देखिने भौगोलिक पर्यावरणीय, यसका स्थायी आश्रयदाता तथा जोखिममा पर्न सक्ने समुदाय अनि रोग देखिने सम्भावित मौसमको सूक्ष्म विश्लेषण गर्ने हो भने यो रोगको रोकथाम नियन्त्रण एवम् उपचारको रणनीति तर्जुमा गर्न कुनै गाह्रो नपर्ने विश्वास जनस्वास्थ्यकर्मीको छ । विश्वव्यापी रुपमा तर काम त सरल कार्यान्वयन कठिन पनि । मानवीय प्रयोजनका लागि यस रोगविरूद्ध खोप हालसम्म उपलब्ध छैन । घरपालुवा गाई, बंगुर प्रजाति तथा कुकुरलाई लगाउने खोप उपलब्ध छ । तर वन्यजन्तु अनि भुस्याहा, सामुदायिक कुकुरलाई पो के गर्ने ? डाक्सिसाइकतिनजन्यप्रति जैविक प्रयोग उपचारका लागि गर्न सकिन्छ तर यसको प्रभाव १८ घन्टाभन्दा बढी छैैन । कतै–कतै यो रोगको प्रकोप प्रदूषित पानीका कारण हुने गरेको पानीको उचित प्रशोधन एवम् शुद्धीकरण गरेर पनि रोग न्यूनीकरण गर्न सकिन्छ । मुसाजन्य जीवको उचित नियन्त्रण गर्ने हो भने पनि जोखिममा रहेको समुदायको जनस्वास्थ्य सुरक्षित राख्न सकिन्छ ।
व्यवसायजन्य स्वास्थ्य सचेतना एवं सुरक्षाका विधि अवलोकन गर्ने हो भने ढल फोहोर मैला व्यवस्थापनमा काम गर्ने समुदाय कृषक तथा अन्य जोखिममा पर्न सक्ने समुह एवम् समुदायले आफ्नो काम गर्दा पनि निरोधक जुत्ता, पन्जा प्रयोग गरी काम गरे–गराउने हो भने पनि रोगको प्रकोप न्यूनीकरण गर्न सकिन्छ । यसबाहेक सहरी ढल निकासका साथै डुबान क्षेत्रको जल निकासको व्यावहारिक व्यवस्थित एवं बेलैमा वैज्ञानिक निकास अनि आधारभूत सरसफाइ गरिने हो भने पनि रोग न्यूनीकरण गर्न सकिन्छ । यसका लागि नीति निर्माणको तहले तथा जनस्वास्थ्यकर्मी यस कुरामा सहमत हुनु आवश्यक छ । गरिबी न्यूनीकरण, सामाजिक द्वन्द्व न्यूनीकरण अनि आधारभूत सहरी सरसफाइको उचित व्यवस्था मात्र गरे पनि यो रोगबाट बच्न बचाउन सकिन्छ । अन्त्यमा भन्न सकिन्छ, ‘यो रोग नियन्त्रणको सजिलो उपाय सहज सहरी वातावरणीय सरसफाइ त हो तर हाम्रोजस्तो विकाशील देशमा कार्यान्वयन कठिन छ ।- रातोपाटीबाट

Post a Comment