Websoft University

www.radiomakalu.com || 021-522512


ओलीलाई भेट्न एमाले कार्यालय पुगे भारतीय राजदूत


KP-Oli,-PM-of-Nepal
काठमाडौं,साउन २३ गते । भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांकेतिक गुनासो गर्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राजदूत रन्जित रायले आइतबार भेट गरेका छन् ।

ओलीलाई भेट्न भारतीय राजदूत एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । ओली र राजदूतबीचको वार्तामा दुई देशबीचका पछिल्लो सम्बन्ध र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको एमाले प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिए ।

राजदूत राय र ओलीबीच भएको कुराकानी बाहिर ल्याइएको छैन । यद्यपि नेपालको सरकार परिवर्तनमा भारतीय चलखेलप्रति असन्तुष्ट छन् ।

ओलीले केही दिनअघिमात्रै छिमेकीले ‘छौंडा’ खेलाएर आफूलाई काम गर्न नदिएको बताएका थिए । ओलीले पछिल्लो समय बनेको कांग्रेस माओवादी गठबन्धनलाई भारतको डिजाइनमा बनेको संकेत गर्दै आएका छन् ।

ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि भारतीय राजदूतले भेटेको यो पहिलो पटक हो । यसअघि ओली प्रधानमन्त्री रहेका बेला भारतीय राजदूतले भेट गर्ने समय कमै मात्र पाउने गरेका थिए ।

ओली प्रधानमन्त्रीबाट बाहिरिएको भोलिपल्टै चीनका राजदूत उ चुन्ताइ भने उनलाई भेट्न बालकोट निवासमै पुगेका थिए । चीनका राजदूत र ओलीबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतहरु बताउँछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget